कुपे जस्तै देखिने कम्प्याक्ट सेडान ‘हुन्डाई अउरा’, यस्तो छ विशेषता र मूल्य

हुन्डाई नेपाली उपभोक्तामाझ सर्वाधिक रुचाइउको सवारी ब्रान्ड हो । कोरियाली कम्पनी हुन्डाई मोटर्सले उत्पादन गर्ने यो सवारी ब्रान्ड आधुनिक डिजाइन र अत्याधुनिक विशेषताका कारण विश्व बजारमा समेत लोकप्रिय वनिरहेको छ । नेपाली बजारमा यसको १ दर्जन बढी मोडलका कार बिक्री हुँदै आइरहेका छन् । हुन्डाईका प्राय सवै मोडल नेपाली बजारमा सफल वनिरहेका छन पनि ।

ह्याचव्याक, कम्प्याक्ट सेडान, सेडान, कम्प्यक्ट एसयूभी र फुल एसयूभी गरी यसका विभिन्न रेन्जका गाडी नेपालमा कारोबार भैरहेका छन् । जसमध्ये कम्प्याक्ट सेडान अउराले अहिले यो सेग्मेन्टमा ग्राहकको विश्वास जितीरहेको छ । कुपे स्टायलको यो कार हेर्दा जति आकर्षक देखिन्छ फिचर्स र पावर तथा पर्फमेन्सको सवालमा समेत उत्तिकै मजवुत रहेको छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाइको विशिष्ट सेन्सुअस स्पोर्टीनेस शैली व्याख्या गर्दै आधुनिक र आकर्षक रहेको प्रमाणित गर्छ ।

यो कारको अग्र भागमा वुमरांग डेटाइम रानिङ ल्याम्प, प्रिमियम सटिन फ्रन्ट ग्रिल र प्रेजेक्टर टाइप फग ल्याम्प जडान गरिएको छ । कुपे जस्तै देखिने लुक्स र युनीक क्यारेक्टर लाइनले यो कारलाई अझै आकर्षक देखाएको छ । यसमा प्रयोग भएको १४ इन्चको डायमन्ट कट अलोई ह्विलले कारको साइड प्रोफाइललाई आकर्षक देखाउन थप मद्धत गरेको छ । यो कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ ।

फराकिलो र वलियो वम्पर डिजाइन, एलइडी टेल ल्याम्प तथा स्टायलिस थ्री डाइमेन्सनल आउटर लेन्सको साथ यो कारको पछाडी भाग निकै भिन्न छ । ढोकामा क्रोम स्ट्रिप र ग्लसी व्ल्याक वार्पले यसकलाई यहि सेग्मेन्टको गाडीहरु भन्दा छुट्टै र आकर्षक बानाएको छ । आकर्षक डिजाइन, आरामदायी ड्राइभिङ र आधुनिक प्रविधीको सन्तुलित संयोजन यो कारमा पाइन्छ ।

यो कारमा १.२ लिटर कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिन जडान गरिएकोछ । जसको अधिकतम पावर ८३ पिएस र टर्क ११.६ किलोग्राम रहेको छ । माइलेजको सवालमा समेत यो कार प्रतिस्पर्धी ब्रान्डको तुलनमा बढी नै किफायती रहेको छ ।

कारमा आरामदायी क्याविन, ग्लोभ वक्स कुलिङ, कप होल्डरहितको रियर सेन्टर आर्मरेष्ट, एड्जस्टेवल रियर हेडरेष्ट, रियर एसी भेन्ट्स, किलेस इन्ट्रि, स्टेरिङ ह्विल माउन्टेड कन्ट्रोल र ४०२ लिटर क्षमताको फराकिलो वुट स्पेस लगायत विशेषता उपलब्ध छ । जसले यो कारलाई सेग्मेन्टकै प्रिमियम र आरामदायी बनाएको छ ।

यो कारको मूल्य नेपाली बजारमा ३६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । देशभर बिक्री र विक्री पछिको सेवा नेटवर्क विस्तार भएका कारण यो कार प्रयोग गर्दा ग्राहकले कुनै झन्झट वेहोर्नुपर्ने देखिँदैन । नेपालमा यो कारलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयत गरी कारोवार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो हाइवे एसुरेन्स : हाइवेमा गाडीको फ्रि चेक अप गर्न सकिने

हुन्डाईले ल्यायो हाइवे एसुरेन्स : हाइवेमा गाडीको फ्रि चेक अप गर्न सकिने

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी...

हुन्डाईको मिनी एसयूभी क्यास्पर लन्च हुन अझै एक वर्ष लाग्ने, टाटा पन्च लगायतसंग प्रतिस्पर्धा हुने

हुन्डाईको मिनी एसयूभी क्यास्पर लन्च हुन अझै एक वर्ष लाग्ने, टाटा पन्च लगायतसंग प्रतिस्पर्धा हुने

हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै...

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

परीक्षणका क्रममा देखियो हुन्डाई एक्सटरको फेसलिफ्ट, के–के हुँदैछ अपडेट

हुन्डाईले आफ्नो सबैभन्दा सानो एसयुभी एक्सटरको फेसलिफ्ट भर्सन लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...