टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने
चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी प्लेटफर्मको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने घोषणा गरेको छ । २०२३ सिइओ इन्भेस्टर डेको अवसरमा कम्पनीले अल्पकालिन र दिर्घकालिन योजना सहित इलेक्ट्रिफिकेसन रणनिती सार्वजनिक गर्दै यस्तो उद्घोष गरेको हो ।
सो रणनिती अनुसार कम्पनीले इन्टिग्रेटेड मोडुलर आर्किटेक्चर(आइएमए) प्लेटफर्मको विकास गर्ने जनाएको छ । हाल प्रयोगमा आएको इलेक्ट्रिक ग्लोवल मोडुलर प्लेटफर्म(ई–जीएमपी) मा कम्पनीले मिड साइज एसयूभी उत्पादन गर्दै आएकोमा नयाँ प्लेटफर्मले उत्पादनको दायरा फराकिलो वनाउने विश्वास लिएको छ ।
आइएमए प्लेटफर्ममा पार्ट्स र वडीलाई विभिन्न मोडलमा सेयर गर्न सकिने कारण इभीको उत्पादन लागत समेत कम पर्ने कम्पनीको भनाई छ । सो नयाँ प्लेटफर्ममा आधारित भएर साना इभीदेखी ठूला एसयूभीसम्म र पीकअपको समेत उत्पादन गरिने हुँदा इभीको दायरा फराकिलो हुनेछ । नयाँ प्लेटफर्मको विकाससंगै कम्पनीले सन् २०३० सम्म १३ ओटा नयाँ मोडल सार्वजनिक गर्ने र हरेक वर्ष २० लाख इभी बिक्री गर्ने लक्ष्य लिएको छ । जसमा हुन्डाई, किया र जेनेसीस व्रान्ड सामेल हुनेछन् ।
नयाँ प्लेटफर्म र व्याट्रीको विकासका लागी हुन्डाइले १० वर्षभित्र १०९.४ ट्रीलियन कोरियन वन लगानी गर्ने समेत घोषणा गरेको छ । जसमध्ये ३५.८ ट्रीलियन डलर व्याट्री सहित अन्य नयाँ मोडलको विकासमा लागनी हुनेछ । यो नयाँ रणनितीले हुन्डाईलाई स्मार्ट मोविलिटीमा अग्रणी वनाउने विश्वास कम्पनीले लिएको छ ।
नयाँ इभीको विकाससंगै कम्पनीले व्याट्रीको दायरा बृद्धि गर्न समेत काम गरिरहेको छ । जसअनुसार निकेल म्याग्नेसीस कोवाल्ट(एनएमसी) र लिथियम आइरन फस्फेट(एलएफपी) व्याट्रीको नयाँ भर्सन ल्याउने योजना वनाएको छ भने छिट्टै आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मा आधारित व्याट्री म्यानेजमेन्ट सिस्टम समेत सार्वजनिक गर्ने योजना बनाएको छ ।
चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...
टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन...
काठमाडौं – नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...