हुन्डाई कारमा ल्यापटपजत्तिकै ठुलो स्क्रिन, ‘प्लेओस’ सफ्टवेयरले ड्राइभिङको भविष्य बदल्दै

हुन्डाई आफ्ना समृद्ध सुविधा र आरामदायी क्याबिनको लागि प्रसिद्ध छ । आजको डिजिटल युगमा कारको स्क्रिनले त्यसको विशेषता र प्रविधिलाई झल्काउँछ। क्रेटा, अल्काजारजस्ता मोडलमा हुन्डाईले राम्रो इन्फोटेनमेन्ट स्क्रिन प्रदान गरे पनि, ती अझ उत्कृष्ट बन्ने ठाउँ बाँकी थियो। यही सुधारको प्रयासस्वरूप, कोरियाली कम्पनी हुन्डाईले 'प्लेओस' नामक नयाँ मोबिलिटी सफ्टवेयर सिस्टम ल्याउने घोषणा गरेको छ, जसले विश्वव्यापी रूपमा कार प्रयोगको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

सियोलमा आयोजित ‘प्लेओस २५’ विकासकर्ता सम्मेलनमा हुन्डाईले पहिलोपटक आफ्नो नयाँ सफ्टवेयर 'प्लेओस' प्रस्तुत गर्‍यो। कम्पनीले आफूलाई अग्रणी मोबिलिटी प्रविधि कम्पनीको रूपमा पुनःस्थापित गर्ने उद्देश्यसहित सो सफ्टवेयर ल्याएको हो। प्लेओस सफ्टवेयर एन्ड्रोइड अटोमोटिभ ओएसमा आधारित हुनेछ, जसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार निजीकृत गर्न सकिन्छ।

प्लेओस सफ्टवेयरमार्फत हुन्डाईले आफ्ना कारमा प्रयोगकर्ता इन्टरफेसलाई निरन्तर अपडेट गर्ने योजना बनाएको छ। ओभर-द-एयर अपडेटमार्फत गाडीमा नयाँ फिचरहरू थप्न सकिनेछ। यसले इलेक्ट्रिक सवारीको कार्यसम्पादन सुधार्न, सुरक्षा विशेषताहरू एकीकृत गर्न र स्वायत्त ड्राइभिङ तथा नेभिगेसनमा पनि सुधार ल्याउनेछ।

प्लेओस केवल सफ्टवेयर मात्र नभई एक मोबिलिटी प्रोग्राम हो, जुन विभिन्न एपहरूद्वारा सञ्चालित हुन्छ। यसका लागि हुन्डाईले ‘प्लेओस प्लेग्राउन्ड’ नामक एप डेभलपमेन्ट प्लेटफर्म पनि प्रस्तुत गरेको छ। यस प्लेटफर्ममा तेस्रो-पक्ष विकासकर्ताका लागि एसडीके, उपकरण, एपीआई, डिजाइन गाइड र नमुना कोडजस्ता स्रोतहरू उपलब्ध छन्। विकासकर्ताले आफ्ना एपहरू एप स्टोर वा गुगल प्ले स्टोरजस्तै मार्केटप्लेसमा सार्वजनिक गर्न सक्नेछ र प्रयोगकर्ताहरूले त्यसलाई प्लेओस कनेक्ट इन्फोटेनमेन्ट प्रणालीमा डाउनलोड गर्न सक्नेछन् ।

हुन्डाईको 'प्लेओस' सफ्टवेयरले आधुनिक कारलाई स्मार्टफोनजत्तिकै स्मार्ट र प्रयोगकर्ता-अनुकूल बनाउन गम्भीर प्रयास गरिरहेको छ । यसले कारको प्रदर्शन र सुरक्षा सुधार्नुका साथै प्रयोगकर्ताको डिजिटल अनुभवलाई पनि नयाँ स्तरमा पुर्‍याउनेछ।

सम्बन्धित समाचारहरू

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी  लन्च गर्ने

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने

हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...

थप प्रिमियम क्याबिनसहित नयाँ पुस्ताको हुन्डाई क्रेटाको इन्टेरियर सार्वजनिक

थप प्रिमियम क्याबिनसहित नयाँ पुस्ताको हुन्डाई क्रेटाको इन्टेरियर सार्वजनिक

हुन्डाईको तेस्रो पुस्ताको लोकप्रिय एसयूभी क्रेटा फेरि एकपटक चर्चामा आएको...

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

ग्राहकलाई डेलिभरी गरियो मेड इन नेपाल हुन्डाई भेन्यु, मूल्य कति ?

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...