हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने

हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको लागि कम्पनीले नयाँ एसयूभी क्यास्परको ट्रेडमार्क दर्ता पनि गरिसकेको छ ।

हुन्डाईले सन् २०२१ देखि यो सानो क्यास्पर एसयूभी उत्पादन गर्दै आएको छ र विश्वव्यापी बजारमा बिक्री भइरहेको छ । सो कारको लम्बाइ करिब ३.६ मिटर रहेको छ । हुन्डाई क्यास्पर इलेक्ट्रिक के१ प्लेटफर्ममा आधारित हुनेछ।

सो क्याप्सर एसयूभीमा ग्राण्ड आई १०, एक्सटर र आईसी इन्जिन उत्कृष्ट आर्किटेक्चर प्रयोग गरिएको छ । क्यास्पर एसयूभी ग्वाङ्जु ग्लोबल मोटर्सले हुन्डाई र ग्वाङ्जु सरकारको बिचमा संयुक्त रूपमा निर्माण गर्नेछ।

विश्वव्यापी बजारमा क्यास्पर इलेक्ट्रिक र इन्धन दुवै भेरिएन्टमा बिक्री भइरहेको , हालको क्यास्परमा प्राकृतिक रूपमा एस्पिरेटेड र टर्बोचार्ज्ड १.० लिटर, सिलिन्डर स्मार्ट स्ट्रिम पेट्रोल इन्जिन छ। सो इन्जिनले १०० एनएम टर्क र ६७ पीएस पावर उत्पादन गर्छ।

दक्षिण कोरियामा हुन्डाई क्यास्पर १.० लिटर एनए पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। यसको पावर आउटपुट क्रमशः ८५ बीएचपी र ९९ बीएचपी छ । क्यास्परले भारतमा एनए पेट्रोल इन्जिन पाउने अपेक्षा गरिएको छ। दुवै म्यानुअल र एएमटी गियरबक्स विकल्प उपलब्ध हुनेछ।

हालको क्यास्परको लम्बाइ ३५९५ एमएम, उचाइ १५७५ एमएम र चौडाइ १५९५ एमएम छ। नयाँ कारको एक्सटेरियर नयाँ ग्रिल सेक्शन, नयाँ अलोय ह्विल, रियर बम्पर र अगाडि अपडेट गर्न सकिनेछ। साथै नयाँ हेडल्याम्पसँगै एडीएएस र एयर ब्याग जस्ता फिचर पनि हुने सम्भावना रहेको छ । समग्रमा यो आईसीइ क्यास्परसँग मिल्दोजुल्दो हुनेछ ।

क्यास्परको सानो आकारका कारण यसलाई भारतमा लन्च गरिएको थिएन र यसको सट्टा अर्को एसयूभी एक्सटर बजारमा ल्याइएको थियो। यद्यपि कम्पनीले अहिलेसम्म पनि भारतमा यसको लन्च मितिबारे कुनै स्पष्ट जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई गाडी अब नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीद्वारा पहिलो मोडल सार्वजनिक

हुन्डाई गाडी अब नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीद्वारा पहिलो मोडल सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल...

‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचरबाट सुसज्जित हुन्डाई एक्सटर, यी हुन १८ नयाँ फिचर

‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचरबाट सुसज्जित हुन्डाई एक्सटर, यी हुन १८ नयाँ फिचर

हुन्डाईले सोमबार भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...