नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड
हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’...
दक्षिण कोरियाको कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारमा हुन्डाई अल्काजार लन्च गरेको छ । हुन्डाई अल्काजारको सुरुवाती मूल्य १६ लाख ३० हजार भारु रहेको छ । सो कारको टप भेरिएन्टको मूल्य २० लाख भारुसम्म रहेको छ ।
कम्पनीले सो कार तीन ट्रिम्स प्रेस्टिज, प्लाटिनम र सिग्नेचरमा लन्च गरेको छ । यसको सबै भेरिएन्टमा अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । भारतीय बजारमा हुन्डाई अल्काजारको प्रतिस्पर्धा एमजी हेक्टर प्लस, टाटा सफारी र महिन्द्रा एक्सयूभी७०० सँग हुनेछ ।
हुन्डाई अल्काजारमा ६ सीटर र ७ सीटरको विकल्प रहेको छ । कम्पनीले सो कार १२ भेरिएन्टमा लन्च गरेको छ । सो कार भारतमा पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । सो कारको २.० लिटर पेट्रोल इन्जिनले १५७ पीएसको अधिकतम पावर र १९१ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसको १.५ लिटर डिजेल इन्जिनले ११३ पीएसको अधिकतम पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।
सो दुबै इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ । यसको साथै दुबै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।
सो कारको २.० लिटर पेट्रोल इन्जिनले म्यानुअल ट्रान्समिसनमा १४.५ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । यसको अटो ट्रान्समिसनले १४.२ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । साथै यसको १.५ लिटर डिजेल इन्जिनको म्यानुअल ट्रान्समिसनले २०.४ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ भने अटो ट्रान्समिसनले १८.१ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।
हुन्डाई अल्काजारको लम्बाई ४५०० एमएम, चौडाई १७९० एमएम, उचाई १६७५ एमएम र ह्वीलबेस २७६० एमएम रहेको छ । हुन्डाई क्रेटाको तुलनामा यो कार २०० एमएम लामो र १५० एमएम उचाई बढी रहेको छ । क्रेटाको तुलनामा यसको ह्वीलबेस १५० एमएम बढी रहेको छ ।
हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’...
नयाँ वर्ष २०८० शुरु हुन अव जम्मा १५ दिन वाँकी छ । नयाँ वर्षमा नयाँ सामान घर...
हुन्डाइको सर्बाधिक सफल एसयूभी क्रेटा पर्फमेन्स भर्सनमा आउने भएको छ । ‘एन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...