हुन्डाईले ग-यो सस्तो एसयूभी ल्याउने घोषणा, टिजर सार्वजनिक

हुन्डाईले भारतीय बजारमा छिट्टै नयाँ र सस्तो एसयूभी कार लन्च गर्ने घोषणा गरेको छ । नयाँ कारले टाटा पन्च, निसान म्याग्नाइट, सुजुकी स्विफ्ट र वागनआरसँग प्रतिस्पर्धा गर्नेछ ।

हुन्डाईले सो एसयूभीको कोडनेट एआई३ राखेको छ र यसको टिजर सार्वजनिक गरेको छ । हुन्डाईले सो नयाँ एसयूभी यो वर्षको अन्त्यसम्ममा लन्च गर्ने पुष्टि गरेको छ । सो एसयूभी परीक्षणका क्रममा पनि देखिएको थियो । यद्यपि कम्पनीले नयाँ एसयूभीको बारेमा आधिकारिक रुपमा केही खुलाएको छैन ।

सो एसयूभी ग्रान्ड आई१० नियोस भन्दा महँगो र भेन्यु भन्दा सस्तो हुनेछ । झट्ट हेर्दा सो कार क्यास्परसँग मिल्दोजुल्दो देखिन्छ । हुन्डाई एआई३ ग्रान्ड आई१० नियोसकै प्लेटफर्म उपलब्ध हुने सम्भावना छ ।

नयाँ हुन्डाई एसयूभीमा पावरको लागि १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिने छ । यो इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यो ५ स्पिड म्यानुअल गियरबक्स वा ६ स्पिड एएमटीमा उपलब्ध हुनेछ । यसमा सनरुफ बाहेक अन्य आधुनिक फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले भारतमा लेभल २ एडास फिचर भएको ईभी उत्पादन गर्ने

हुन्डाईले भारतमा लेभल २ एडास फिचर भएको ईभी उत्पादन गर्ने

कोरियन अटो निर्माता हुन्डााईले २०२७ सम्ममा लेभल २ एडास फिचर भएको नयाँ...

लक्ष्मी ग्रुपले बिक्री गर्ने सबै कार एकै छानामुनी अवलोकन गर्न पाइने, ‘लक्सपेरिएन्स’ आयोजना हुँदै

लक्ष्मी ग्रुपले बिक्री गर्ने सबै कार एकै छानामुनी अवलोकन गर्न पाइने, ‘लक्सपेरिएन्स’ आयोजना हुँदै

लक्ष्मी अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ ।...

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...