भक्तपुरको ‘राधे राधे’ मा खुल्यो हुन्डाईको सुविधा सम्पन्न शोरुम

काठमाडौं – नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम संचालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाई शोरुमको संख्या १५ पुगेको छ ।

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सकिने छ । भक्तपुरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ ।

भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्ष्यित गरी संचालनमा ल्याएको उक्त शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ ।

अन्य शोरुममा जस्तै कम्पनीको उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । यसबाट ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले सस्तो ब्याजदरमा कर्जा दिने

हुन्डाईका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले सस्तो ब्याजदरमा कर्जा दिने

काठमाडाैं – ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत...

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...