प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...
काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्म र फर्केर आउने एउटा उल्लेखनीय सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराएको छ । यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल रहेका छन् ।
यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ । यस अवधिमा करिब ८ हजार किलोमिटर दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ ।
यात्रामा विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गरिनेछ जनाइएको छ, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ ।
हुन्डाई टक्सन आफ्नो अल–व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू–भागको यात्राका लागि उपयुक्त मानिन्छ । टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन् ।
यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन् । यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान र सडक गतिशीलता चेतनालाई प्रवद्र्धन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...