ईभीभन्दा बढी बिक्री हुन्छ हाइब्रिड कार, यस्तो छ कारण

हाइब्रिड कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ । हाइब्रिड गाडी इलेक्ट्रिक कारभन्दा दोब्बर महँगो हुन्छ । तर पनि अप्रिल र जुन महिनामा भारतमा हाइब्रिड गाडी ईभीभन्दा बढी बिक्री भएको छ ।

सवारीसाधन ड्यासबोर्डको तथ्याङ्कअनुसार अप्रिलदेखि जुन ११ सम्म १५ हजार ईभी बिक्री भएको थियो भने हाइब्रिड गाडी ५९ हजार ८१४ बिक्री भएको थियो । मिडिया रिपोर्टका अनुसार अमेरिकामा पनि हाइब्रिड गाडीको तुलनामा ईभी गाडीको बिक्री पाँच गुणाले बढेको छ।

हाइब्रिड कारमा इलेक्ट्रिक कारमा जस्तै ब्याट्री र इलेक्ट्रिक मोटर जडान गरिएको हुन्छ । सो इलेक्ट्रिक मोटरले फ्युल इन्जिनको साथमा काम गर्छ र कारलाई अतिरिक्त पावर प्रदान गर्छ । त्यसैले हाइब्रिड कारले साधारण कारको तुलनामा बढी माइलेज प्रदान गर्छ । यसले २५ देखि ३० किलोमिटर प्रति लिटर माइलेज दिन्छ।

चार्जिङ स्टेशनको अभाव ईभीको लागि ठुलो समस्या हो । तर हाइब्रिड कार इन्धन र ब्याट्री दुवैमा चल्ने भएकोले लामो दुरीकाे यात्रा गर्दा हाइब्रिड कारमा खासै चिन्ता लिनु पर्दैन । ब्याट्री चार्ज नभएको अवस्थामा पनि पेट्रोलबाट कार चलाउन सकिन्छ ।

हाइब्रिड कारमा एकभन्दा बढी इन्धन विकल्प उपलब्ध हुन्छ । यसमा दुई प्रकारकाे इन्जिन हुन्छ । पहिलो कारमा पेट्रोल वा डिजेल इन्जिन र दोस्रो इलेक्ट्रिक इन्जिन हो । अर्थात् यी दुवै इन्जिनले कारलाई पावर सप्लाई गर्छ । हाइब्रिड कारमा ब्याट्री इन्टर्नल सिस्टमबाट चार्ज हुन्छ। यसको लागि ब्याट्री अलग चार्ज गर्नु पर्दैन ।

हाइब्रिड कारमा इलेक्ट्रिक मोटर हुने भएकोले कम प्रदूषण फैलाउँछ । विज्ञहरुका अनुसार हाइब्रिड कारले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ । हाल स्ट्रङ हाइब्रिड, माइल्ड हाइब्रिड र प्लग इन हाइब्रिड निकै लोकप्रिय छ ।

रिपोर्टका अनुसार भारतमा गत वर्ष हाइब्रिड कारको बिक्री ३० प्रतिशतले बढेको छ । यही कारण मारुती सुजुकी, टोयोटा जस्ता जापानी अटोमेकरले ईभीको सट्टा हाइब्रिडमा जोड दिइरहेका छन् । हुन्डाईले पनि सन् २०२६ सम्ममा आफ्नो पहिलो हाइब्रिड कार ल्याउने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

हाइब्रिड कारमा पेट्रोल/डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ...

हाइब्रिड कारमा किन बढी माइलेज हुन्छ ?

हाइब्रिड कारमा किन बढी माइलेज हुन्छ ?

हाइब्रिड कारले अहिले धेरैलाई आकर्षित गरिरहेको छ । माइलेजको हिसाबले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...