सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...
विश्वका अधिकांश सवारी साधन निर्माता कम्पनीहरु इलेक्ट्रिक भेइकलमा केन्द्रित रहेका छन् । यद्यपि केही चिन्ता भने अहिले पनि रहेको छ । किनकि इलेक्ट्रिक कार बिजुलीबाट चल्छ र अधिकांश बिजुली जीवाश्म इन्धनबाट चलेको हुन्छ । इलेक्ट्रिक कार वृद्धिसँगै बिजुलीको खपत पनि बढी हुन्छ । यसको लागि बिजुलीको उत्पादनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ ।
केही कम्पनीले यस्तो इलेक्ट्रिक कार बनाउन लागेका छन्, जसलाई चार्ज गर्नको लागि चार्जिङ इन्फ्रास्ट्रक्चरको आवश्यकता पर्दैन । यस्ता कारले आवश्यक बिजुली आफै उत्पादन गर्छ ।
क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हम्बल वानले इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ, जसको ब्याट्री सोलार प्यानलबाट चार्ज हुन्छ । कम्पनीले सो कारको छतमा सोलार प्यानल जडान गरेको छ । सो ब्याट्री निकै तीव्र गतिमा चार्ज हुन्छ । कारको छतमा जडान गरिएको सो सोलार प्यानल पार्किङमा कार पार्क गर्दा आफै खोलेर आउँछ जसले गर्दा कारको ब्याट्री चार्ज हुन्छ ।
ब्याट्रीमा पर्याप्त चार्ज भइसके पछि सोलार प्यानल स्वतः फोल्ड हुन्छ । सो कारको ब्याट्री १ देखि २ घन्टाको चार्जमा ८० देखि ९० किलोमिटरको दुरी तय गर्छ । कम्पनीका अनुसार हम्बल वान फुल चार्जमा ८०० किलोमिटरको रेन्ज तय गर्ने क्षमता रहेको छ । सो कारले १०२० बीएचपीको पावर प्रदान गर्छ ।
सो एसयूभीको लम्बाई ५०२९ एमएम रहेको छ । यो टोयोटा कोरोला भन्दा अलि लामो छ । सो एसयूभी टेस्ला साइबर ट्रकको तुलनामा केही सानो र ६८० किलोग्राम हल्का रहेको छ । सो कारको कुल तौल १८१४ किलोग्राम रहेको छ ।
हाल हम्बल वान एसयूभी डेभलपमेन्ट स्टेजमा रहेको छ तर भविष्यमा उत्सर्जन मुक्त कारको प्रतिनिधित्व गर्न कम्पनीले दावी गरेको छ । सौर्य उर्जाबाट चल्ने इलेक्ट्रिक कारले रिचार्ज गर्नुका साथै जीवाश्म इन्धनबाट उत्पन्न बिजुलीको निर्भरतालाई पनि यसले कम गर्छ ।
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...
काठमाडौं – नेपाली बजारमा भित्रिने कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...