एक्सपेङ जी६ को शोरुम थापाथलीमा शुभारम्भ, २५ गाडी हस्तान्तरण
काठमाडौं – नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
टेक्नोलोजी जायन्ट हुवावेले चीनको प्रख्यात अटो निर्माता सेरेससंग साँझेदारी गरी नयाँ ब्रान्ड ‘एईटो’ नाममा अत्याधुनिक एसयूभी एम७ लन्च गरेको छ । सो नयाँ एसयूभी अहिले चीनमा लोकप्रिय वनिरहेको र लन्च भएको एक महिना नवित्दै ४० हजार बढी ग्राहकले अर्डर गरेको कम्पनीले जनाएको छ ।
सेप्टेम्वर १२ मा लन्च भएको सो हाईब्रिड एसयूभी ५ र ६ सीट अप्सनमा उपलब्ध छ । जसको मूल्य चीनमा ३४ हजार २०० देखी ४५ हजार २०० डलरसम्म निर्धारण गरिएको छ । १.५ लिटर टर्वो चार्ज्ड रेन्ज एक्सटेन्डर हाइब्रिड सिस्टम दिइएको सो एसयुभीमा हुवावे आँफैले विकास गरेको इलेक्ट्रिक मोटर जडान गरिएको छ । सो एसयूभीले टु–ह्विल र फोर–ह्विल दुबै ड्राइभ भर्सनलाई सपोर्ट गर्दछ । यसको टु–ह्विल ड्राइभमा २०० किलोवाट पिक पावर भएको सिंगल मोटर जडान गरिएको छ । रियर एक्सलमा जडान गरिएको सो मोटरले ३६० एनएम टर्क जेनेरेट गर्दछ ।
यसैगरी फोर–ह्विल ड्राइभमा दिइएको डबल मोटरले ३३० किलोवाट पावर र ६६० एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्दछ । यसमा जडान गरिएको ४० किलोवाट आवर लिथियम ब्याट्री प्याकले २१० र २४० किलोमिटर इलेक्ट्रिक रेन्ज दिने सीएलटीसीले दावी गरेको छ । एसयूभीको समग्र रेन्ज १३०० किलोमिटर माथी रहेको कम्पनीले जनाएको छ ।

एईटो एम७ मा हुवावे आँफैले विकास गरेको एड्भान्स ड्राईभिङ सिस्टम(एडिएस) २.० दिइएको छ । जसलाई सपोर्ट गर्नका लागी गाडीको विभिन्न भागमा २७ भन्दा बढी स्थानमा सेन्सर राखिएको छ । यमसा दिइएको एडिएस २.० अन्तर्गत गाडी ठोक्किनबाट जोगाउने, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ सिस्टम, लेन चेन्ज, अटोनोमस पार्किङ एसिस्ट, रिमोट पार्किङ एसिस्ट र भेलेट पार्किङ एसिस्ट लगायत सामेल फिचर सामेल छन् ।
गाडीमाथी कुनै वस्तु खस्न लागेको अवस्थामा यसबारे जानकारी दिन यो एसयुभीमा हुवावेको जनरल अब्स्ट्याकल डिटेक्सन नेटवर्क समेत उपलब्ध गराइएको छ ।
काठमाडौं – नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं – ओमोडा ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी–०१ को अल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...