महिन्द्राको नयाँ ईभीले ल्याएको तरंग र अबको ईभी प्रतिस्पर्धा, नेपालमा सम्भावना
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...
काठमाडौं – ओमोडा ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकप’ को अवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारामा एक वातावरणीय योजना ल्याएको छ । दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ ।
सो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यस अन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरू (ओमोडर्स) ले सहभागिता जनाउनेछन् ।
एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले, दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पु-याउँछ ।’
यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्सले सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा ओमोडाका ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन व्यक्त गर्न आह्वान गरेको छ ।
भारतीय अटो निर्माता कम्पनी महिन्द्राले हालै दुई नयाँ ईभी लन्च गरेको छ । ईभी...
गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर...
टेस्ला मोडल वाईलाई टक्कर दिने क्षमता भएको फोर्ड मुस्ताङ म्याच–ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...