विश्वकप क्रिकेट अन्तर्गत नेपाली टिमको हरेक रनमा ओमोडाले रुख रोप्ने

काठमाडौं – ओमोडा ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकप’ को अवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारामा एक वातावरणीय योजना ल्याएको छ । दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ ।

सो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ । यस अन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरू (ओमोडर्स) ले सहभागिता जनाउनेछन् ।

एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले, दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पु-याउँछ ।’

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्सले सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा ओमोडाका ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन व्यक्त गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

आफ्नै ईभी प्रविधि बिकास गरेर चीन माथिको निर्भरता कम गर्दै भारत, १४ हजार करोड अनुदान दिने

आफ्नै ईभी प्रविधि बिकास गरेर चीन माथिको निर्भरता कम गर्दै भारत, १४ हजार करोड अनुदान दिने

भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागको रूपमा ब्याट्री प्रविधि, पावर...

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

केन्द्र सरकारको सिको गर्दै प्रदेश सरकारले समेत बढाए विद्युतीय सवारीमा कर

आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको...

विश्वका शीर्ष पाँच अटो निर्माता कम्पनी बन्ने रणनीतिमा जिली, आयो यस्तो योजना

विश्वका शीर्ष पाँच अटो निर्माता कम्पनी बन्ने रणनीतिमा जिली, आयो यस्तो योजना

चिनियाँ अटो निर्माता कम्पनी जिली होल्डिङ ग्रुपले सन् २०३० सम्म विश्वभर ६५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...