हेल्मेट एयरब्यागसहित विश्वकै पहिलो कार ल्याउँदै हुवावे

हुवावेसँग जोडिएको ब्रान्ड लक्जीडले अहिलेसम्म कुनै पनि सवारी साधनमा नदेखिएको अत्याधुनिक सुरक्षा प्रविधि प्रस्तुत गर्ने तयारी गरिरहेको छ। रिपोर्टका अनुसार कम्पनीले लक्जीड भी९ इलेक्ट्रिक एमपीभीमा सिटमै इन्टिग्रेटेड हेल्मेट एयरब्याग सिस्टम उपलब्ध गराउने भएको छ । सो मोडल सन् २०२६ मा चीनमा लन्च हुने अपेक्षा गरिएको छ।

लक्जीड भी९ को सबैभन्दा विशेष पक्ष यसको हेल्मेट एयरब्याग सिस्टम हो, जुन सिधै सिटमा जडान गरिएको हुन्छ । कुनै दुर्घटना वा टक्करको अवस्था आएमा सिट स्वतः सुरक्षित स्थितिमा फर्किन्छ । साथै साइड एयरब्याग र हेल्मेट एयरब्याग एकैसाथ डिप्लोय हुन्छ । सो हेल्मेट एयरब्यागले यात्रुको टाउकोलाई पूर्ण रूपमा घेरेर सुरक्षा प्रदान गर्छ । साथै, यसमा रहेको अतिरिक्त संरचनाले तल्लो अनुहार र घाँटीलाई पनि सुरक्षित गर्नेछ ।

सो हेल्मेट एयरब्याग प्रविधि पहिलो पटक सन् २०२३ मा यानफेङ अटोमोटिभ इन्टेरियर्सले प्रस्तुत गरेको थियो । यानफेङ विश्वका सबैभन्दा ठूला अटोमोबाइल इन्टेरियर कम्पनी मध्ये एक हो, जसले फक्सवागन, बीएमडब्ल्यू, टोयोटा, जनरल मोटर्स, बीवाईडी र जिली जस्ता ठूला ब्रान्डहरूसँग सहकार्य गर्दै आएको छ।

यानफेङद्वारा विकास गरिएको सो  सिट आर्किटेक्चरले फराकिलो कोणमा ढल्किन सक्ने, सिट घुमाउन मिल्ने र छिटो स्लाइड हुने सुविधा प्रदान गर्छ। लक्जीड भी९ का सिटमा प्रि–इम्प्याक्ट र्‍यापिड रिटर्न सिस्टम पनि समावेश गरिएको छ। सो सिस्टम एडास डाटाको आधारमा सम्भावित टक्कर हुनुअघि नै सिटलाई ठाडो र सुरक्षित स्थितिमा फर्काइन्छ। यससँगै इन्टिग्रेटेड सिट बेल्ट र पहिले नै स्थापित एयरब्याग छिटो सक्रिय हुन्छ, जसले शरीरको मुभमेन्ट सीमित गर्छ र तल्लो ढाडमा पर्ने दबाबलाई कम गर्छ।

लक्जीड भी९ चेरीको ईओएक्स एल मोड्युलर प्लेटफर्ममा आधारित हुनेछ । यसको लम्बाइ ५.३ मिटरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । यसमा ठूलो प्यासेन्जस साइड डिस्प्ले, अनबोर्ड रेफ्रिजरेटर र अक्सिजन कन्सेन्ट्रेटर, नयाँ १९२ लाइन लिडार सिस्टम, दोस्रो पङ्क्तिमा दुईवटा इन्डीपेन्डेन्ट जिरो ग्राभिटी सिट, इलेक्ट्रिक पप अप झ्याल र सफ्ट क्लोज फ्रन्ट ट्रंक जस्ता फिचर उपलब्ध हुनेछ । सो एमपीभी ८०० भोल्ट हाई भोल्टेज आर्किटेक्चरमा आधारित हुनेछ ।

सम्बन्धित समाचारहरू

ब्लुटुथ र सेफ्टी फिचरसहित स्टीलबर्डको नयाँ फाइटर हेलमेट

ब्लुटुथ र सेफ्टी फिचरसहित स्टीलबर्डको नयाँ फाइटर हेलमेट

हेलमेट र राइडिङ गियर निर्माता कम्पनी स्टीलबर्डले आफ्नो नयाँ हेलमेट सिरिज...

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस्  यी उपाय

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस् यी उपाय

हेल्मेट सेफ्टीका लागि मात्र नभई स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा...

हेल्मेटको भन्सार ५ प्रतिशतले बढ्यो

हेल्मेटको भन्सार ५ प्रतिशतले बढ्यो

काठमाडौं–मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...