हेल्मेट एयरब्यागसहितको विलासी एमपीभी, हुवावे र चेरीको सहकार्यमा लक्जीड भी९ लन्च गर्ने तयारीमा

चिनियाँ प्रविधि कम्पनी हुवावे र अटोमोबाइल निर्माता चेरीले संयुक्त रूपमा विकास गरेको प्रिमियम एमपीभी लक्जीड भी९ चाँडै बजारमा आउने तयारीमा छ । हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स अन्तर्गत विकसित यो गाडीले विलासिता, अत्याधुनिक प्रविधि र उच्च सुरक्षालाई एकैसाथ समेटेको छ। सो गाडी ठूलो परिवार तथा लामो दूरीको आरामदायी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको छ ।

सो गाडीमा हुवावेले विकास गरेको ८००भी हाई भोल्टेज प्लेटफर्म प्रयोग गरिएको छ, जसले फास्ट चार्जिङ मात्र होइन, ऊर्जा खपतलाई पनि प्रभावकारी बनाउनेछ । साथै, १.५ लिटर पेट्रोल इन्जिनसहितको रेन्ज एक्सटेन्डर सिस्टमले ब्याट्री चार्ज गर्ने भएकाले एक पटक फुल चार्जमा सो गाडी करिब १२०० किलोमिटर दूरी तय गर्न सक्षम हुनेछ । यसमा कन्टेम्पररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेडको टिकाउ र दीर्घायु ब्याट्री प्रयोग गरिएको छ।

लक्जीड भी९ ले नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ। यसमा पहिलो पटक हेल्मेट एयरब्याग सिस्टम समावेश गरिएको छ । दुर्घटनाको अवस्थामा सिस्टमले अटोमेटिक रूपमा सिटलाई सुरक्षित अवस्थामै सार्ने र एकैसाथ हेल्मेट एयरब्याग खुल्ने बताइएको छ । यसले यात्रुको टाउको र माथिल्लो शरीरलाई गम्भीर चोटपटकबाट जोगाउन मद्दत गर्छ । साथै, हुवावेको चियानकुन एडीएस स्मार्ट ड्राइभिङ सिस्टमले सडकका सम्भावित जोखिमहरू पहिचान गरी चालकलाई सहयोग गर्नेछ ।

गाडी ७ यात्रु अट्ने सो एमपीभीमा दोस्रो पङ्क्तिका क्याप्टेन सिट १८० डिग्रीसम्म घुमाउन मिल्छ । यसका साथै क्याबिनभित्र अक्सिजन जेनेरेटर, सानो रेफ्रिजरेटर, मल्टि स्क्रिन डिजिटल लेआउट र छतमा जडान गरिएको मनोरञ्जन डिस्प्ले जस्ता फिचर उपलब्ध छ । यसमा कम भौतिक बटन र बढी टचस्क्रिन प्रयोग गरिएको छ । यसमा हुवावेको हार्मोनीओएस सिस्टम समावेश छ, जसले स्मार्टफोन जस्तै सहज तरिकाले कारका विभिन्न फङ्सन कन्ट्रोल गर्न सकिनेछ ।

लक्जीड भी९ सन् २०२६ को पहिलो त्रैमासिकमा आधिकारिक रूपमा लन्च हुने अपेक्षा गरिएको छ। चिनियाँ बजारमा सो गाडीले  जिक्र ००९, ली अटो मेगा र भोयाह ड्रिमर जस्ता प्रिमियम इलेक्ट्रिक एमपीभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन एवं डिजेल बस बिक्री गर्ने

आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन एवं डिजेल बस बिक्री गर्ने

काठमाडौं – चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका...

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

यस्तो हुनेछ नेपालमा टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपाली बजारमा कहिले लन्च...

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...