बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बाइकमा चेनको महत्वपुर्ण भूमिका रहेको हुन्छ । चेन विना बाइक चलाउनु सम्भव नै हुँदैन । बाइकमा चेन मर्मत, तेल परिवर्तन र टायर मर्मत सुरक्षाको दुष्टिकोणले महत्वपुर्ण हिस्सा हो । बाइक चालकलाई बाइकको चेन कसरी मर्मत गर्ने भन्ने जानकारी हुनु आवश्यक छ ।
बाइकको चेन बाइक राइडिङमा पनि निर्भर रहेको हुन्छ । विशेषगरी ८०० देखि १२०० किलोमिटर चलाइसके पछि वा महिनामा २ पटक बाइकको चेनमा विशेष ध्यान दिनु पर्छ । बाइकको चेन सही तरिकाले मर्मत गर्नको लागि पहिला चेन खोलर यसको अवस्थाको जाँच गर्नुपर्छ । बाइकको चेन खोल्नको लागि रेन्चु, ब्रश, चेन क्लिनर, पिन र टेप मापनको आवश्यकता पर्छ ।
बाइक चलाउँदा चेनबाट आवाज आएमा, बाइक भाइब्रेसनको अनुभव भएमा र बाइकको पावरमा कमी आएको महसुस भएमा घरमा पनि यसलाई सजिलै मर्मत गर्न सकिन्छ । चेनमा भएको ओ रिङ पेट्रोलले चाँडै खराब हुने गर्छ । त्यसैले यसको लागि केरोसिनको प्रयोग गर्नु पर्छ ।
सर्वप्रथम बाइकलाई न्युट्रलमा राखि बाइक अफ गर्नु पर्छ र डबल स्ट्यान्डमा राख्नु पर्छ । चेन स्पोकलाई खोल्नुहोस । त्यसपछि चेन क्लिन गर्नको लागि केरोसिन र ब्रशले चेनलाई सफा गर्नुहोस । एउटा कपडाले चेनलाई सफा गर्नुहोस् । साथै यसलाई साबुन पानीले पनि सफा गर्न सकिन्छ ।
चेनलाई पुर्ण रुपमा सुक्न दिनुहोस् । यसको लागि १५ देखि २० मिनेटको समय लाग्न सक्छ । त्यसपछि महत्वपुर्ण सामान भनेको चेन लुब्रिकेन्ट हो । चेनमा लुब्रिकेन्ट राखिसके पछि बाइकलाई १ देखि २ मिनेटको लागि स्टार्ट गर्नुहोस् । सम्पूर्ण चेनमा लुब्रिकेट भइसकेपछि चेन कभर राख्न सकिन्छ । यसरी बाइकको चेन सफा गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...