विश्वकै ठूलो सोलिड–स्टेट ब्याट्री कारखाना निर्माण गर्दै चेरी
काठमाडौं– चिनियाँ अटो निर्माता चेरीले विश्वकै ठूलो सोलिड स्टेट ब्याट्री...
कारको ब्याट्री सवारी साधनको सबैभन्दा महत्वपूर्ण भागहरूमध्ये एक मानिन्छ। यही ब्याट्रीमा समस्या आएमा कार स्टार्ट नहुने मात्र होइन, हेडलाइट, क्याबिन लाइट, एसी, हिटर, एन्टी-लक ब्रेक सिस्टम र एयरब्यागलगायतका अत्यावश्यक इलेक्ट्रोनिक सिस्टमसमेत प्रभावित हुन सक्छ । त्यसैले कारको ब्याट्री कति समय टिक्छ भन्ने प्रश्न धेरै चालकका लागि महत्वपूर्ण विषय बनेको छ।
कार ब्याट्रीको आयु निश्चित हुँदैन र यो प्रयोगको तरिकामा निर्भर गर्छ। अटोमोटिभ सर्भिस एसोसिएसनका मेकानिकल डिभिजन निर्देशक थोमस पिप्पोका अनुसार केही प्रयोगकर्ताको ब्याट्री कुनै समस्या बिना १० वर्षसम्म टिक्न सक्छ भने धेरै अवस्थामा ३ देखि ५ वर्षमै ब्याट्री कमजोर भएर बदल्नुपर्ने अवस्था आउँछ।
आजका आधुनिक कारहरू पूर्ण रूपमा इलेक्ट्रोनिक सिस्टममा आधारित भएकाले ब्याट्रीको भूमिका अझै महत्वपूर्ण भएको छ। पहिले स्टेयरिङ सिस्टम हाइड्रोलिक हुन्थ्यो तर अहिले धेरै कारमा इलेक्ट्रिक सिस्टम प्रयोग हुन्छ। यस्ता गाडीमा ब्याट्री कमजोर हुँदा कार स्टार्ट हुन गाह्रो हुनुका साथै सेफ्टी र सुविधा सिस्टम पनि प्रभावित हुन सक्छ ।
ब्याट्रीको आयु घटाउने प्रमुख कारणमा गाडीमा बढ्दो इलेक्ट्रोनिक फिचर, स्टार्ट स्टप सिस्टमको प्रयोग, मौसमको अत्यधिक चिसो वा गर्मी र बारम्बार गरिने छोटो दूरीका यात्रा प्रमुख मानिन्छ । विशेषगरी छोटो दूरीको यात्रा गर्दा अल्टरनेटरले ब्याट्री पूर्ण रूपमा चार्ज गर्न पर्याप्त समय नपाउने भएकाले ब्याट्री छिटो कमजोर हुन सक्छ।
गाडीमा ब्याट्री बिग्रिन थालेको संकेत पनि स्पष्ट रूपमा देखिन्छ। इन्जिन स्टार्ट गर्न सामान्यभन्दा बढी समय लाग्नु, ट्राफिकमा रोकिएको बेला हेडलाइट वा क्याबिन लाइट मधुरो हुनु जस्ता लक्षणहरू प्रारम्भिक संकेत मानिन्छ । रिपोर्टका अनुसार यदि इन्जिन बन्द गरेर साँचो खोलिएको अवस्थामा ५ मिनेटभित्रै कारका लाइट वा स्क्रिन कमजोर हुन थाल्छ भने ब्याट्री परिवर्तन गर्ने समय आएको संकेत हो। सामान्य अवस्थामा राम्रो ब्याट्रीले इन्जिन बन्द भएपछि पनि २० देखि ३० मिनेटसम्म स्थिर रूपमा विद्युत आपूर्ति गर्न सक्छ।
काठमाडौं– चिनियाँ अटो निर्माता चेरीले विश्वकै ठूलो सोलिड स्टेट ब्याट्री...
इलेक्ट्रिक भेइकलमा आगलागीका खबरहरू प्रायः हेडलाइन बन्छन् । सोलको पार्किङ...
केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...