स्कुटरमा मोटरसाइकल जस्तो गियर किन हुँदैन? सुविधा र प्रविधिको रोचक कारण
शहरका सडकहरूमा स्कुटर सबैभन्दा धेरै प्रयोग हुने सवारी साधनमध्ये एक बनेको...
खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै चर्चा पाउने गरेको छ । पछिल्लो समय सवारीसाधनको मर्मतसम्भारमा प्रयोग हुने स्पेयर पार्ट्सको यस्तो कारोबारले नेपाली व्यवसायीमा निकै ठूलो चिन्ता थपेको छ । यस्तो चिन्ता आयातकर्ता कम्पनीलाई मात्र नभई सीमा क्षेत्र आसपासका बजारमा डिलर र रिटेलरका रुपमा कारोबार गर्नेहरुलाई समेत पर्ने गरेको पाइन्छ ।
यसअघि वीरगन्ज नाकाको आसपासमा यस्तो कारोबारले प्रश्रय पाउँदै आएकोमा पछिल्लो समय भैरहवास्थित सुनौली नाका आसपासका बजारमा गिरोहहरु सक्रिय बन्न थालेका छन् । नेपाल भित्रिने प्रायः सबैजसो सवारीसाधन र स्पेयर पार्ट्स यही नाकाहुँदै आउने कारण पनि सो आसपासको क्षेत्रमा अबैध कारोबारले प्रश्रय पाउँदै गएको हो । यसले भैरहवा र बुटवल हुँदै नवलपरासीको बजारलाई समेत प्रभाबित गरेको व्यवसायीले बताएका छन् ।
किन हुन्छ तस्करी
नेपाल भित्रिने अधिकांश स्पेयर पार्ट्स भारतबाट आउने हुँदा यस्ता पार्ट्सको मूल्य सीमापारीको तुलनामा केही महंगो पर्नुलाई स्वाभाविक नै मान्न सकिन्छ । नेपाल ल्याउँदा व्यवसायीले भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत जोडेर ४५ प्रतिशत हाराहारी अतिरिक्त मूल्य राजस्वका रुपमा बुझाउनु पर्ने हुन्छ । तर सीमापारी कारोबार हुने यस्ता सामानमा यो शुल्क नलाग्ने कारण सस्तो मूल्यमा बिक्री गर्न खुल्ला सीमानाको फाइदा उठाउँदै केही कारोबारीले संगठित रुपमै अबैध धन्दा चलाउँदै आएका हुन् । यस्ता कारोबारीले भन्सार नाकामै सेटिङ समेत मिलाउने गरेका छन् । अर्कोतर्फ सीमानाका सहायक बाटोमार्फत समेत तस्कारी गर्ने गरेको पाइन्छ ।
नेपाली बजारमै उपलब्ध हुने स्पेयर पाटर््सलाई यहाँको बजारबाट खरिद नगरी सीमापारीबाट मगाउनुको एकमात्र उद्देश्य भनेको सस्तोमा सामान हात पार्नु नै हो । नेपाल सरकारले तोकेको राजस्व तिरेर बैध च्यानलमार्फत ल्याइने सामान भन्सार छलेर ल्याइने सामानको तुलनामा महंगो पर्नु स्वाभाविक नै हो । मूल्यको यही अन्तरमा खेल्न अभ्यस्त भएका सक्रिय गिरोहले ग्राहकको माग बमोजिम सीमापारीबाट सस्तो मूल्यमा सामान ल्याइदिन्छन् ।
यसरी ल्याइने सामानहरु प्रायः महंगो मूल्य पर्ने प्रकारको हुने सो क्षेत्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायी बताउँछन् । बुटवलको मैनाबगरमा क्रिस अटो पार्ट्स संचालन गर्दै आइरहेका सूर्य बहादुर थापा भन्छन्, ‘यस्तो गिरोहको सञ्जाल खुद्रा बिक्रेतादेखि वर्कशप र मेकानिक्ससम्म विस्तार भैसकेको छ । जसका कारण ग्राहकलाई बाहिरबाट सामान ल्याउने च्यानल पत्ता लगाउन एकदमै सजिलो भएको छ ।’ उनका अनुसार ठूला गाडीको मर्मत गराउँदा एकैपटक एकलाख भन्दा बढीको सामान फेर्नुपर्ने सम्म हुन्छ । यस्तोमा पारिबाट मगाउँदा सस्तो मूल्यमा पाइने प्रलोभनमा परी कतिपय ग्राहक आफैं गएर समेत झोलामा सामान ल्याउने प्रचलन छ । कतिपय अबस्थामा भने सीमापारी बस्ने अबैध कारोबारीलाई सम्पर्क गरेर मगाउन समेत सकिन्छ ।
कसरी हुन्छ तस्करी
कुनै ग्राहकले आफ्नो गाडी मर्मत सम्भार गराउनुअघि वर्कशपमा गएर मेकानिक्समार्फत के कस्ता सामान आबश्यक पर्ने हो भनेर पहिले कोटेशन माग्छन् । यसरी कोटेशन मागेर उक्त ग्राहक आफ्नो सवारीसाधन लिएर सीमापारी जान्छ र नगद भुक्तानी गरी सामान खरिद गर्छ । यसरी खरिद गरेको सामान सीधै नेपाल भित्र्याउनु अबैध मानिएपनि उसले सीमानाकामा चेकिङमा बस्ने सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पार्छ । केही रकम यस्ता सुरक्षाकर्मीको हातमा थमाएर निर्धक्क सामान ल्याई मेकानिक्सलाई दिन्छ र आफ्नो गाडी मर्मत गराएर जान्छ ।
यसरी आफै सामान ल्याउने ग्राहकले नेपालको तुलनमा पारीबाट सामान ल्याउँदा निकै नै सस्तो पर्ने ठानेर नेपाली बजारमा रेट समेत बुझ्न रुचाउँदैनन् । जसका कारण कतिपय अवस्थामा नक्कली सामान समेत पर्ने हुँदा उसलाई आफू ठगिएको समेत महसुस नहुने थापा बताउँछन् ।
थापाका अनुसार यस्तो कारोबारमा कतिपय मेकानिक्स समेत प्रत्यक्ष जोडिने गरेको पाइन्छ । मर्मतसम्भारका लागि सवारीसाधन वर्कशपको जिम्मा लगाएर गाडीधनी गएपछि मेकानिक्स आफै पारी गएर अर्थात आफ्नो सम्पर्कमा रहेका अन्य कारोबारीमार्फत सामान ल्याउने प्रचलन समेत निकै बढिरहेको छ । यसरी ल्याइने सामान समेत सस्तो पर्ने भएपनि गुणस्तरमा कुनै ग्यारेन्टी नहुने उनी बताउँछन् ।
सस्तो पर्ने भएपनि गुणस्तरमा कुनै ग्यारेन्टी हुँदैन
यसरी ल्याइने सामानको मूल्य केही अन्तरले सस्तो पर्ने भएपनि गुणस्तरमा कुनै ग्यारेन्टी नहुने टाटा जेन्युइन पार्ट्सको आयातकर्ता कम्पनी सिप्रदी अटो पार्ट्सका महाप्रबन्ध युवराज बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘यसरी भित्रिने सामानको मूल्य हामीले ४८ प्रतिशतसम्म राजस्व बुझाएर भित्र्याउने सामानको तुलनामा केही सस्तो पर्ने भएपनि ठूलो अन्तरले सस्तो हुनै सक्दैन । जब ठूलो अन्तरले सस्तो देखिन्छ, त्यहाँ गुणस्तरमा गडबड भएको छ भने बुझ्नुपर्छ ।’ एउटै प्याकमा पनि विभिन्न गुणस्तरका सामान पाइने हुँदा यसरी ल्याइने सामान जेन्युइन नै हुन्छ भनेर भन्न नसकिने उनको ठहर छ ।
नेपालमा आफूहरुले भित्र्याउने हरेक पार्ट्समा कम्पनीले नै मूल्य लेखेर पठाउने बताउँदै उनले भने, ‘हामीले कारोबार गर्ने हरेक टाटा जेन्युइन पार्ट्समा कम्पनीबाटै मूल्य उल्लेख भएर आउछ । त्यसमा हामीले सरकारलाई तिर्ने राजस्व लगायत अन्य खर्च जोडरे मूल्य निर्धारण गर्ने हो । यसरी निर्धारण गरिएको मूल्य कुनैपनि हालतमा सीमापारीबाट आउने सोही स्तरको सामानभन्दा धेरै अन्तरले महंगो हुनै सक्दैन ।’
उनका अनुसार यस्तो कारोबारमा संलग्न ब्यक्तिहरुले सस्तो मूल्यमा उपलब्ध गराउन नक्कली पार्ट्स समेत मिसाएर बिक्री गर्ने गर्छन् । यस्ता पार्ट्समा गुणस्तरको कुनै ग्यारेन्टी नहुने हुँदा ग्राहकले केही रकम सस्तोका लागि गुणस्तरमा सम्झौता गर्न नहुने उनको सुझाब छ ।
शहरका सडकहरूमा स्कुटर सबैभन्दा धेरै प्रयोग हुने सवारी साधनमध्ये एक बनेको...
रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...
फोर्ड गाडीको आधिकारिक विक्रेता समेत रहेका आकाश गोल्छा व्याट्रीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...