घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

बुटवल - रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेव बिस्तार गरेको छ ।

बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा  शुरुआत गरीएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने अग्रवाल बताउँछन् । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले जानकारी दिए ।

शुरुआतमा नै ग्राहकहरुकालागि अफरहरु ल्याएको अग्रवाल बताउँछन्। भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशत सम्म छुट पाउने बताइएको छ । 

भोजले काठमाडौका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले  केही दिनमै भैरहवामा पनि सेवा दिने संचालक निकेत अग्रवाल बताउँछन् ।

अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए । कोभिड १९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन । यो अवस्थामा सबै सुरक्षाका मापदंडसाथ ग्राहकका अफिस तथा घरमा उनिहरुको मनपर्ने खाना पुर्याएर निर्धक्क भई आफ्नो साथी, परिवार संग खान र रमाउने बाताबरण बनाउने अग्रवालको भनाइ छ ।

भोजको एन्ड्रोइड र आइओएस एप वा आधिकारिक वेबसाइट  www.bhojdeals.com मार्फत नाको अर्डर गर्न सकिन्छ । ईन्टरनेटको पहुँचमा नहुनेले ०१-५९७००७० मा फोन गरेर पनि अर्डर गर्न सकिने बताइएको छ।  

ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् ।  विदेशमा बसेका नेपालीहरुले आफन्तका लागी पनी अर्डर गर्न सक्नेछन्।

भोज नेपालको सबैभन्दा लोकप्रिय होम डिलीभरी सेवा भएको अग्रवालको दावी छ। काठमाडौमा चार वर्ष देखी रेस्टुरेन्ट तथा क्याफेको खाना साथै खाद्यान्न,  तरकारी, फ्रोजन फूड जस्ता दैनिक उपभोग्य वस्तुहरु ग्राहकको घरसम्म पुर्याउँदै आएको छ । काठमाडौ उपत्यकामा भोज लगभग ७ सय रेस्टुरेन्ट तथा क्याफे र २० वटा खाद्यान्न स्टोरहरुसंग आवद्ध भएर ग्राहकहरुलाई सेवा उपलब्ध गरारहेको छ। 

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...

यसरी थाहा पाउनुहोस आफ्नो इलेक्ट्रिक कारले प्रदान गर्ने वास्तविक रेन्ज

यसरी थाहा पाउनुहोस आफ्नो इलेक्ट्रिक कारले प्रदान गर्ने वास्तविक रेन्ज

इलेक्ट्रिक कारमा दाबी गरिएको रेन्जका विषयमा अधिकांश ग्राहक आश्वस्त हुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...