भारतमा वार्षिक ८० लाख बाइक उत्पादन गर्ने होन्डाको योजना
काठमाडौं–होन्डाले भारतलाई आफ्ना दुई पाङ्ग्रे सवारी साधनको प्रमुख...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले अप्रत्यासित रूपमा आफ्नो नयाँ एडभेन्चर म्याक्सी स्कुटर एक्स-एडीभी लन्च गर्दै दुई पाङ्ग्रे सवारी बजारमा ठूलो चर्चा बटुलेको छ। टिजर सार्वजनिक गरेको २४ घण्टाभित्रै लन्च गरिएको सो स्कुटरको बुकिङ सुरु भइसकेको छ भने डेलिभरी सन् २०२५ को जुन महिनाबाट सुरु हुने बताइएको छ।
एक्स-एडीभी स्कुटरमा म्याक्सी स्कुटरको सुविधा र एड्भेन्चर बाइकको शक्ति तथा लुकको संयोजन देखिन्छ। फ्युचरिस्टिक क्रसओभर डिजाइनमा प्रस्तुत गरिएको यस स्कुटरमा ड्युअल एलईडी हेडल्याम्पसहितको डीआरएल र इन्टिग्रेटेड इन्डिकेटर जडान गरिएको छ । यसमा १७ इन्चको फ्रन्ट र १५ इन्चको रियर स्पोक पाङ्ग्रा दिइएको छ । २२ लिटरको अन्डरसिट स्टोरेजमा यूएसबी-सी चार्जर पनि समावेश गरिएको छ, जुन दैनिक प्रयोगका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
ककपिट भित्र होन्डा रोडसिंकको साथमा ५ इन्चको टीएफटी डिस्प्लेमा जडान गरिएको छ, जसले नेभिगेसन, कल तथा एसएमएस अलर्ट र म्युजिक भ्वाइस कन्ट्रोलको सुविधा दिइएको छ । एक्स-एडीभीमा ७४५ सीसीको ट्विन-सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४३.१ किलोवाट पावर र ६९ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग जोडिएको छ ।
एक्स-एडीभीमा स्ट्यान्डर्ड, स्पोर्ट, रेन र ग्राभेल गरी ४ वटा राइडिङ मोड छ । सेफ्टीका लागि यसमा ड्युअल-च्यानल एबीएस, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल र क्रुज कन्ट्रोल उपलब्ध छ। सो स्कुटरको च्यासिसमा ट्युबुलर स्टिल फ्रेम, ४१ एमएम युएसडी फ्रन्ट फोर्क र प्रिलोड-एड्जस्टेबल रियर मोनोशक दिइएको छ। ब्रेकिङ सिस्टमको अगाडि २९६ एमएम डिस्क र पछाडि २४० एमएम डिस्क ब्रेक समावेश छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...