आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

होन्डाले होन्डा एक्सआरई ३०० को २०२१ भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक ब्राजिलमा लन्च गरेको हो । यो होन्डा एड्भेन्चर बाइक हो । होन्डाले सो एड्भेन्चर बाइक आकर्षक फिचरको साथमा लन्च गरेको छ ।

इन्जिन र पावर
सो एड्भेन्चर बाइक एग्रेसिभ लुकको साथमा उपलब्ध रहेको छ । जसमा डिजिटल एलईडी इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । पावरको लागि सो बाइकमा २९१ सीसीको एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । उक्त इन्जिनमा ५ स्पिड गियरबक्स ट्रान्समिशन जडान गरिएको छ ।

१३.८ लिटर फ्युल ट्यांक
२०२१ होन्डा एक्सआरई ३०० बाइकको फ्युल ट्यांक क्षमता १३.८ लिटर रहेको छ । बाइकमा स्टेप्ड अप सिंगल सिट पिलियन ग्र्याब रेलको साथमा उपलब्ध रहेको छ । बाइकमा सानदार अपस्वेप्ट एक्जस्ट र आई क्याचिङ ग्राफिक्स समावेश गरिएको छ । बाइकमा एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल, अल एलईडी लाइटिङ सेटअप, २१ इन्चको फ्रन्ट र १८ इन्च रियर स्पोक्ड ह्वील समावेश गरिएको छ ।

मूल्य
ब्राजिलमा सो बाइक २० हजार ३९० ब्राजिलियन डलरमा लन्च गरिएको हो ।

नेपालमा आउला ?
कम्पनीले नेपालमा सो बाइकको लन्चिङको बारेमा केही जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यो बाइक नेपालमा आउँछ नै भनेर अनुमान गर्न सकिदैन ।

सम्बन्धित समाचारहरू

सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा

सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा

सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...

१२५ सिसीको होन्डा डिओ अटो शोमा, यस्तो छ दुई भेरिएन्टको मूल्य

१२५ सिसीको होन्डा डिओ अटो शोमा, यस्तो छ दुई भेरिएन्टको मूल्य

काठमाडौं– छ दिनसम्म चलेको नाडा अटो शो–२०२३ आज समापन हुँदैछ । मेलामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...