होन्डा एक्सआर १९०एलको नयाँ ग्राफिक्सले लोभ्याउँदै, मूल्य ७ लाख ७० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डाको डर्ट बाइक एक्सआर १९०एलको नयाँ ग्राफिक्स अहिले धेरैले रुचाएको पाइएको छ । पहिले भन्दा थप नयाँ ग्राफिक्समा केही समय देखि नेपाली बजारमा यो मोटरसाइकल उपलब्ध हुन थालेको हो ।

डर्ट बाइक प्रेमीहरुले निकै नै रुचाउने यो मोटरसाइकल एड्भेन्चरका लागि विशेष उपयुक्त छ ।

स्ट्रेन्थ, एजिलिटी, इकोनोमी र मोर पावर गरी चार विशेष गुणले सुसज्जित यो मोटरसाइकललाई एक्सआर फेमिलीमा हुने विशेष ‘ड्युआलिटी’ गुण भएको मोटरसाइकल मानिन्छ । यसका कारण यसलाई सहरी र अन्य सबै सडकमा कुदाउन सकिन्छ । दैनिक जीवन वा सप्ताहन्तमा छुट्टी मनाउन जानेहरुका लागि समेत यो मोटरसाइकल निकै नै उपयोगी छ ।

यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु-याउछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।

२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ । सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।

यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ ।

पछिल्लो भागमा राखिएको स्टिल क्यारियरमा आवश्यकता अनुसार विभिन्न सामान राख्ने टप बक्सलाई पोजिसन गर्न सकिन्छ । यसको सहयोगले करिब २० किलोग्राम सम्मको सामान पछिल्लो भागमा राख्न सकिन्छ । अफरोड राइडिङमा सहजताका लागि यसमा क्रसबार डिजाइनको ह्यान्डल बार राखिएको छ, जसको सहयोगले कमान्डिङ राइडिङ पोजिसन तथा इन्स्ट्रयुमेन्ट क्लस्टर पनि फुल भ्यु गर्न सकिन्छ ।

होन्डा एक्सआर १९०एल नेपाली बजारमा स्याकार ट्रेडिङले बिक्री–वितरण गरिरहेको छ । यसको मूल्य ७ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

प्रतिस्थापन विधेयक असर : होन्डाले बढायो तीन मोटरसाइकलको मूल्य

प्रतिस्थापन विधेयक असर : होन्डाले बढायो तीन मोटरसाइकलको मूल्य

काठमाडौं – सरकारले केही दिन पहिले ल्याएको प्रतिस्थापन विधेयक पश्चात...

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न होन्डाले ल्याउदै नयाँ एसयूभी

होन्डाले फेस्टिभ सिजनमा नयाँ मिड साइज एसयूभी लन्च गर्नेछ । यसलाई नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...