अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ । सो नयाँ संस्करणमा धेरै अपडेट गरिएको छ । बाइकको मूल्य १ लाख १९ हजार ४८१ भारु तोकिएको छ ।

बाइकमा नयाँ एलईडी हेडल्याम्प र पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल थप गरिएको छ । जहाँबाट गियर पोजिसन इन्डिकेटर, सर्भिस ड्यु इन्डिकेटर र इको इन्डिकेटरबारे जानकारी पाउन सकिन्छ । बाइकमा युएसबी टाइप–सी चार्जिङ पोर्ट पनि राखिएको छ ।

नयाँ युनिकर्नमा १६२.७१ सिसी सिंगल–सिलिन्डर, ईन्धन–इन्जेक्टेड इन्जिन जडान गरिएको छ । जुन ओबिडि२बी अनुरूप छ । इन्जिनले १३ बिएचपी पावर र १४.५८ एनएम टर्क जेनेरेट गर्दछ भने यो ५–स्पीड गियर बक्ससँग जोडिएको छ ।

२०२५ युनिकर्न पर्ल इग्नियस ब्ल्याक, म्याट एक्सिस ग्रे मेटालिक, र रेडियन्ट रेड मेटालिक गरी कुल तीन रङ विकल्पमा उपलब्ध छ । युनिकर्न नेपाली बजारमा समेत निकै रुचाइएको मोडल भएका कारण निकट भविष्यमै यसको नयाँ मोडल समेत उपलब्ध अनुमान गर्न सकिन्छ।

सम्बन्धित समाचारहरू

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

जापानका दुई प्रमुख कार निर्माता कम्पनी होन्डा र निसानले संयुक्त रूपमा...

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता...

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ । साइनको २०२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...