होन्डाले ल्यायो एक्टिभा र एसपी १२५ को २५ औं एनिभर्सरी एडिसन
होन्डा मोटरसाइकल एण्ड स्कूटर इन्डियाले एक्टिभा ११०, एक्टिभा १२५ र साइन...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले केही दिन पहिले दुई बाइक सीबी ३५० हाइनेस र सीबी ३५० आरएसको मूल्य समायोजन गरेको छ । यस अनुसार यी दुई बाइकको मूल्य क्रमशः ९ लाख २५ हजार र ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
मूल्य समायोजन पश्चात यसको वारेमा चर्चा समेत चलेको छ । अन्य मोटरसाइकलको मूल्य घटिरहेको समयमा यी बाइकको मूल्य बढेको भनेर आलोचना समेत भएको छ । तर कम्पनीले यी दुई बाइकको मूल्य बढेको नभई घटेको बताएको छ ।
यी दुई बाइकको मूल्य कम्पनीले लामो समय पश्चात मात्र अपग्रेड गरेको हो । चालु आर्थिक वर्षमा यी बाइक नभित्रिएका र पुरानै स्टक बाँकी भएकाले पहिलेकै मूल्यमा उपलब्ध थिए । यदि चालु आर्थिक वर्षको बजेट अनुसार मूल्य समायोजन गरिएको भए यी बाइकको मूल्य क्रमशः ११ लाख र ११ लाख ५० हजार रुपैयाँ हुने थियो । यद्यपि यो मूल्यमा बिक्रीका लागि बाइक उपलब्ध नभएकाले कम्पनीले मूल्य पनि सार्वजनिक नगरेको बताएको छ ।
हालै सार्वजनिक गरिएको बजेटमार्फत ठूला बाइकको कर घटाइएको कारण मूल्य समायोजन गरिएको र यी बाइकको मूल्य क्रमशः ९ लाख २५ हजार र ९ लाख ७५ हजार रुपैयाँ भएको बताइएको छ । यस अनुसार यी दुवै बाइकको मूल्यमा १ लाख ७५ हजार रुपैयाँले कमी आएको छ ।
होन्डा मोटरसाइकल एण्ड स्कूटर इन्डियाले एक्टिभा ११०, एक्टिभा १२५ र साइन...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा...
१५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...