१५० र १२५ सिसीमा होण्डाका २ नयाँ स्कुटर आउने

होन्डा मोटरसाइकल इण्डियाले २ नयाँ स्कुटरको पेटेन्ट दर्ता गराएको छ । अन्तराष्र्टिय बजारमा बिक्री हुँदै आइरहेका १५० सिसीको विनर एक्स र १२५ सिसीको एनएस१२५एलए मोडललाई भारतमा उत्पादन गर्ने गरी पेटेन्ट दर्ता गराइएको हो । यी स्कुटरको उत्पादन कहिलेदेखी हुन्छ भन्ने विषयमा भने कुनै जानकारी वाहिर आएको छैन ।

यी दुई मोडलमध्ये विनर एक्स एक स्पोर्टी स्कुटर हो । जसमा १७ इन्चको एलोई ह्विल दिइएको छ । यसमा जडान गरिएको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिनको पावर १५.६ एचपी र टर्क १३.५ एनएम रहेको छ । यसमा ६ स्पिड गियरवक्स जडान गरिनेछ ।

फिचरको मामलमा यो स्कुटर प्रिमियम हुने जनाइएको छ । यसमा एविएस, किलेस स्टार्ट, पूर्णत डिजिटल इन्स्ट्रयुमेन्ट, यूएसवी चार्जिङ पोर्ट र सम्पूर्ण भागमा एलइडी लाइट लगायत उपलब्ध हुनेछ ।

यसैगरी अर्को फेमिली स्कुटर एनएस१२५एलएमा १२४.९ सिसीको एयरकुल्ड इन्जिन जडान हुनेछ । यसको अधिकतम पावर ८.७९ एचपी र टर्क ९.८७ एनएम रहनेछ । यो स्कुटरपनि विनर एक्स जत्तिकै फिचर लोडेड हुने भएपनि एबिएस भने उपलब्ध हुनेछैन ।

सम्बन्धित समाचारहरू

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...

होन्डा नाभी : अमेरिकी बजारबाट भयो पुनरागमन

होन्डा नाभी : अमेरिकी बजारबाट भयो पुनरागमन

भारतीय वा नेपाली बजारमा खासै सफल नमानिएको फरक डिजाइनको होन्डा नाभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...