इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागी नयाँ प्लेटफर्म विकास गर्दै होन्डा

होन्डाले आफ्नो भविष्यका साना र मध्यम आकारका मोडेलहरूका लागि नयाँ विश्वव्यापी प्लेटफर्म विकास गरिरहेको छ । पीएफ२ नामले आउने उक्त आर्किटेक्चरमा नेक्स्ट–जेन सिटी समेत उत्पादन हुने जनाइएको छ । विशेषत इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागि भनेर विकास गरिएको सो प्लेटफर्मलाई सेयर गरी होन्डाले थप कम्वसन मोडल समेत ल्याउने योजना बनाएको हो ।

सो नयाँ प्लेटफर्ममा आधारित ७ सिटर एसयूभी सबैभन्दा पहिले आउने अनुमान गरिएको छ । जुन हालको एलिभेट भन्दा ठूलो हुनेछ । नयाँ एसयूभी २०२७ सम्ममा आइसक्ने होन्डाले जनाएको छ । एसयुभीपछि नेक्स्ट जेन सिटी सन् २०२८ मा आउने कम्पनी भनाई छ । जुन हाइब्रिड पावरटे«मा समेत उपलब्ध हुनेछ ।

मिडिया रिपोर्टका अनुसार, होन्डाले २०२९ को सुरुवातमा नयाँ कम्प्याक्ट एसयूभी रोल आउट गर्ने योजना बनाएको छ । यो सब–फोर मिटर एसयूभी नयाँ प्लेटफर्म पीएफ२ मा आधारित रहनेछ । सोही वर्ष नै नयाँ प्योर इलेक्ट्रिक मोडल समेत लन्च हुने अनुमान गरिएको छ ।

नयाँ पीएफ२ प्लेटफर्म भारत स्पेसल हुने रिपोर्टमा उल्लेख गरिएको छ । यो प्लेटफर्म प्रयोग गरी उत्पादन गरिएका कारलाई होन्डाले भारतबाट अन्य देशमा निर्यात गर्ने योजना बनाएको छ । हाइब्रिडको बढ्दो लोकप्रियतासँगै कार निर्माताले आफ्नो हाइब्रिड पावरट्रेनलाई स्थानीयकरण गर्न खोजिरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको दुई नयाँ कार नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

होन्डाको दुई नयाँ कार नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सेडान...

आकर्षक लुक सहित होन्डाले हाइनेस सीबी ३५० मा थप्यो नयाँ फिचर

आकर्षक लुक सहित होन्डाले हाइनेस सीबी ३५० मा थप्यो नयाँ फिचर

होन्डा टु ह्विलर इन्डियाले आफ्नो लोकप्रिय बाइक हाइनेस सीबी३५० मा आफ्नो...

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...