होन्डाले इलेक्ट्रिक र आईसीई मोटरसाइकलका लागि छुट्टाछुट्टै लोगो प्रयोग गर्ने
होन्डाले आफ्नो ब्रान्ड पहिचानमा ऐतिहासिक परिवर्तन गरेको घोषणा गरेको छ।...
जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट जेनेरशेन मोडल ल्याउने भएको छ । सन् २०१८ देखी विक्रीमा आएको अमेजलाई कम्पनीले यसअघि २०२१ मा पहिलोपटक सामन्य अपग्रेड गरेको थियो । यो नयाँ मोडल थर्ड जेनेरेशनको हुने कम्पनीको भनाई छ ।
नयाँ अमेजलाई होन्डाले सेडान प्लेटफर्मममा तयार गर्न लागेको हो । यसको लुक्स नयाँ सिटी र एकर्ड सेडानको जस्तै हुने अनुमान लगाइएको छ । यो नयाँ कार होन्डाले विकास गरिरहेको नयाँ मिडसाइज एसयूभीमा आधारित हुने भएपनि लम्वाइ भने ४ मिटर कम नै हुने जनाइएको छ ।
नयाँ अमेजमा फ्रेस इन्टेरियरको साथै एकर्ड र एचआर–भी एसयूभीको जस्तै फ्रि स्ट्यान्डिङ टचस्क्रिन सेटअप जडान हुने अनुमान लगाइएको छ । यसको पावरट्रेन भने पुरानै अमेजबाट लिइने छ ।
हाल कारोवार भइरहेको अमेजमा होन्डाले १.२ लिटर फोर सिलिन्डर नेचुरल्लि एस्पिरिटेड पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ९० एचपी र टर्क ११० एनएम रहेको छ । यो कार ५ स्पिड म्यानुअल र सिभिटी अटोमेटिक गियरवक्स अप्सनमा उपलब्ध रहँदै आएको छ ।
होन्डाले आफ्नो ब्रान्ड पहिचानमा ऐतिहासिक परिवर्तन गरेको घोषणा गरेको छ।...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...