रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइल ल्याउने

रोयल इन्फिल्ड हिमालयनलाई टक्कर दिन होण्डाले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । नयाँ मोटरसाइकलको प्याटेन्ट डिजाइन दर्ता गरेर कम्पनीले यसबारे छनक दिएको हो ।कम्पनीले दायर गरेको डिजाइन पेटेन्टले नयाँ मोडल सीबी ३५० मा आधारित हुने देखिएको छ ।

सीबी ३५० मा आधारित हुने हुँदा सो नयाँ मोटरसाइकलको आधारभुत फिचर र मेकानिकल सेटअपमा समानता पाइने अनुमान गरिएको छ । प्याटेन्ट डिजाइनमा देखाइएको तस्विर अनुसार सो बाइकमा अफरोड सस्पेन्सन सहित अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक पाउन सकिनेछ । बाइकमा अग्लो विन्डस्क्रिन, गोलाकार हेडल्याम्प र अगाडि फेयरिङ पाउन उपलब्ध हुनेछ ।

सो नयाँ एड्भेन्चर बाइक सीबी ३५० जस्तै ३४९ सीसी सिंगल सिलिन्डर इन्जिनद्वारा संचालित हुने सम्भावना छ । बाइकको पावर २१ बीएचपी र टर्क ३० एनएम रहनेछ भने असिस्ट र स्लिपर क्लचमार्फत ५–स्पीड गियरबक्ससँग जोडिएको हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

होन्डाले विश्व बजारमा लन्च गर्नुअघि आफ्नो आगामी बाइक सीजीएक्स १५० का केही...

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...

होन्डा फ्रि सर्भिस क्याम्प र एलिभेट कारको टेस्ट ड्राइभ सम्पन्न

होन्डा फ्रि सर्भिस क्याम्प र एलिभेट कारको टेस्ट ड्राइभ सम्पन्न

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...