हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ मोटरसाइकल लन्च गर्ने तयारी थालेको छ । यो इन्ट्रिल लेवल कम्युटर मोटरसाइकललाई कम्पनीले मार्च महिनाभित्र लन्च गरिसक्ने जनाएको छ । लन्च भएपछि यसले हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्ने वुझिएको छ ।

होण्डाले हाल कम सिसी सेग्मेन्टमा सिडी ११० र एसपी साइन १२५ उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ । यी दुवै मोडलले बजारबाट राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले अर्को कम सिसीको नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

यो नयाँ मोटरसाइकलको पावरट्रेन, फिचर र पर्फमेन्सवारे कुनै जानकारी वाहिर आएको छैन । यद्यपी यो नयाँ मोटरसाइकल मास मार्केट लक्षित हुने र हल कारोवार भइरहेका यहि सेग्मेन्टका प्रतिस्पर्धी वण्डको तुलनामा फिचर लोडेड हुने कम्पनीको भनाई छ । यसको मूल्य ७१ हजार भारुमा विक्री भइरहेको सिडी ११० भन्दा कम पर्ने जनाइएको छ ।

यो नयाँ मोटरसाइकल संगै होण्डाले भारतीय बजारलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर, १२५ सीसीको अर्को नयाँ स्कुटर र रोयल इन्फिल्डसंग प्रतिस्पर्धा गर्ने गरी ३५० सीसीमा नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाएको छ । कम्पनीले केही दिन पहिलेमात्र एक्टिभा एच–स्मार्ट लन्च गरेको थियो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न होन्डाले सार्वजनिक ग-यो नयाँ बाइक

रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न होन्डाले सार्वजनिक ग-यो नयाँ बाइक

इटालीमा भएको प्रदर्शनी ईआईसीएमएमा होन्डाले नयाँ स्क्रयाम्बलर बाइक लन्च...

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...

होन्डा नाभी : अमेरिकी बजारबाट भयो पुनरागमन

होन्डा नाभी : अमेरिकी बजारबाट भयो पुनरागमन

भारतीय वा नेपाली बजारमा खासै सफल नमानिएको फरक डिजाइनको होन्डा नाभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...