क्रेटा र सेल्टोसको प्रतिस्पर्धी होन्डा एलीभेट, यस्तो छ मूल्य, फिचर र पर्फमेन्स
काठमाडौं– कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल हुन्डाई...
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ मोटरसाइकल लन्च गर्ने तयारी थालेको छ । यो इन्ट्रिल लेवल कम्युटर मोटरसाइकललाई कम्पनीले मार्च महिनाभित्र लन्च गरिसक्ने जनाएको छ । लन्च भएपछि यसले हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्ने वुझिएको छ ।
होण्डाले हाल कम सिसी सेग्मेन्टमा सिडी ११० र एसपी साइन १२५ उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ । यी दुवै मोडलले बजारबाट राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले अर्को कम सिसीको नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
यो नयाँ मोटरसाइकलको पावरट्रेन, फिचर र पर्फमेन्सवारे कुनै जानकारी वाहिर आएको छैन । यद्यपी यो नयाँ मोटरसाइकल मास मार्केट लक्षित हुने र हल कारोवार भइरहेका यहि सेग्मेन्टका प्रतिस्पर्धी वण्डको तुलनामा फिचर लोडेड हुने कम्पनीको भनाई छ । यसको मूल्य ७१ हजार भारुमा विक्री भइरहेको सिडी ११० भन्दा कम पर्ने जनाइएको छ ।
यो नयाँ मोटरसाइकल संगै होण्डाले भारतीय बजारलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर, १२५ सीसीको अर्को नयाँ स्कुटर र रोयल इन्फिल्डसंग प्रतिस्पर्धा गर्ने गरी ३५० सीसीमा नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाएको छ । कम्पनीले केही दिन पहिलेमात्र एक्टिभा एच–स्मार्ट लन्च गरेको थियो ।
काठमाडौं– कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल हुन्डाई...
काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...
होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...