यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल एसपी १२५ बीएस६ को बुकिङ खुला गरेको छ । केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइक मध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ । करिव एक सातामै सो बाइक नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।
कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ । यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन् ।
यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ । बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक देखाउछ ।
बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
नेपालमा बिक्रीका लागि उपलब्ध होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...