चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर
इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...
होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी गरेको छ । कम्पनीले ईःएनपी२, ईःएनएस२ र ईःएन जीटी कन्सेप्टलाई सो एक्सपोमा प्रदर्शनी गरेको हो । यी मध्ये ईःएनपी२ र ईःएनएस२ उत्पादन हुने चरणमा रहेका एसयूभी हुन् भने ईःएन जीटी निकट भविष्यमा आउने तयारीमा रहेको अर्को नयाँ इभीको कन्सेप्ट हुने जनाइएको छ ।
ईः एनपी२ लाई होन्डाले चीनमा डोङफेङ र ईःएनएस२ लाई जेएसीसंगको सहकार्यमा उत्पादन गर्न लागेको हो । यी कार आगामी वर्ष चीनमा लन्च हुने र लगत्तै अन्तराष्ट्रिय बजारमा पनि उपलव्ध हुने जनाइएको छ । कम्पनीले हाल चीनमा ईःएनएस१ र ईः एनपी१ इभीलाई समेत निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।
होन्डाका अनुसार ईःएनपी२ र ईःएनएस२ मा प्रमुख विभन्नता यसमा दिइने लाइटिङमा देखिनेछ । ईःएनएस२ मा पुजो मोडलको जस्तै एंगुलर डेटाइम रनिङ लाइट हुनेछ भने ईःएनपी२ होन्डाको नयाँ सीभीक जस्तै देखिनेछ । साथै ईःएन जीटी होन्डाको अर्को एसयूभी सी–आरभी एसयूभीबाट प्रेरित रहेको देख्न सकिनेछ ।
यी नयाँ इभीमा कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन । साथै यी कारमा उपलब्ध हुने फिचरका वारेमा पनि विस्तृत विवरण दिइएको छैन् । रेन्जको कुरा गर्नुपर्दा यी इलेक्ट्रिक एसयूभीले सींगल चार्जमा ५०० किलोमिटर माथी दिने अनुमान गरिएको छ ।
इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...
नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल भित्रिने...
काठमाडौँ – लुम्बिनीमा ६ वर्षदेखि थन्किएका करोडौँ मूल्यका विद्युतीय बस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...