होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न
काठमाण्डौ– होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैं तथा तिहार स्किम ‘होन्डाको साथ ७’ को विजेताहरु घोषित गरेको छ ।
यस योजनामा स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।
उक्त योजना अन्तर्गत प्रदेश १ बाट रविना चौधरी विजेता बनेकी छिन् । त्यसैगरी प्रदेश नम्बर २ बाट रामप्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी र लुम्बिनी प्रदेशबाट अनप्रसाद काफ्ले विजयी बने ।
त्यसैगरी कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारु विजयी बने । उनीहरु सबैले नगद १ लाख रुपैयाँ उपहार प्राप्त गरेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको एसटी अटोबाट होन्डा स्कुटर किनेकी सावित्रा श्रेष्ठले बम्पर उपहारको रुपमा १५ लाख नगद पाएकी छिन् ।
यसका साथै यस योजना अन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होन्डा बिग बाइक खरिद गर्ने सबैले ४० हजार रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गरेका छन् ।
होन्डाले यो योजना गत भाद्र २७ देखि मंसिर १४ सम्म लागू गरेको थियो ।
काठमाण्डौ– होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...