यस्तो छ नेपाली बजारमा भित्रिएको होन्डाको एनएक्स २००

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक भित्रयाएको हो ।

एनएक्स २०० बाइकलाई सिटी राइडिङ र र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ। यसको अपराइट पोजिशन र टायरको टफ ट्रेड प्याटर्नले आरामदायी यात्रा सुनिश्चित गर्दछ।

एनएक्स २०० मा उपलब्ध वाइण्ड भाइजर र एलईडी विङ्कर सहितको नकल कभरले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ।

लिक्विड क्लियर डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसको अरु थप उल्लेखनिय बिशेषता हुन्। बाइकमा रहेको फ्रन्ट एबीएस सिस्टम र डूअल पेटल डिस्क ब्रेकले राइडरको यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता पदान गर्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावश्यक हुन्छ।

पीजीएम एफआई सिस्टमले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि राइडरलाई दिने कम्पनीको भनाइ छ । यसको शक्तिशाली टर्क क्षमताले सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्नेछ।

१० बर्ष सम्मको वारेन्टी प्याकेज सहित हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एनएक्स २०० को सुरुवाती मूल्य ४ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचारहरू

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

होन्डाले लन्च ग-यो नयाँ होन्डा साइन १२५, जान्नुहोस् मूल्य र फिचर

होन्डाले लन्च ग-यो नयाँ होन्डा साइन १२५, जान्नुहोस् मूल्य र फिचर

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले ओबीडी २ कम्प्लायन्ट इन्जिनसहित...

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक

काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...