शुरुमा १ रुपैयाँ मात्र बुझाएर यसरी किन्न सकिन्छ होन्डाको लोकप्रिय स्कुटर डियो डिलक्स
काठमाडौं – लकडाउन पश्चात उपलब्ध गराएको नयाँ खाले स्किम ‘१ रुपैयाँमा...
होन्डाले हालै नयाँ एड्भेन्चर बाइकको टिजर लन्च गरेको छ । होन्डाको सो बाइक हर्नेट २.० मा आधारित रहेको छ । रिपोर्टका अनुसार सो बाइक एनएक्स२०० नामले रजिस्टर गरिएको छ । यद्यपि कम्पनीले सो बाइकको नाम सार्वजनिक गरेको छैन ।
हर्नेट २.० को इन्जिन समावेश हुने
होन्डाको सो नयाँ बाइकमा हर्नेट २.० को इन्जिन र प्लेटफर्ममा आधारित हुनेछ । जसलाई होन्डाको बिगविंग डिलशिपबाट बिक्री गरिनेछ । सो बाइकमा १८४.५ सीसी २ भल्व, एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन समावेश गर्ने अनुमान गरिएको छ । जसले १७.२६ बीएचपीको पावर र १६.१ एनएमको टर्क जेनेरेट गर्छ ।
फिचर
सो एड्भेन्चर बाइकमा लामो विन्डस्क्रिन, हाई ग्राउन्ड क्लियरेन्स, रेज्ड ह्यान्डल बार, एलईडी लाइट, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, लङ ट्राभल सस्पेन्शन युनिट जस्ता फिचर समावेश गरिने छ । सो बाइकमा हर्नेट २.० कै फ्रेम प्रयोग गरिनेछ । साथै फ्रन्ट र रियरमा १७ इन्चको टायर प्रयोग गरिनेछ । बाइकमा उत्कृष्ट रोड ग्रिपको लागि अफ रोड टायरको प्रयोग गरिनेछ ।
लन्चिङ समय
होन्डा टु ह्वीलर्सले सो बाइक १९ अगस्तमा लन्च गर्नेछ । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । सो एड्भेन्चर बाइक १ लाख ३० हजार देखि १ लाख ८० हजार भारुमा लन्च गर्ने सम्भावना रहेको छ ।
काठमाडौं – लकडाउन पश्चात उपलब्ध गराएको नयाँ खाले स्किम ‘१ रुपैयाँमा...
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...