सीबी ३५० मा आधारित नयाँ स्क्र्याम्ब्लर बाइक ल्याउँदै होण्डा

सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ स्क्र्याम्ब्लर बाइक पनि ल्याउने भएको छ । नयाँ मोटरसाइकलको पेटेन्ट डिजाइन दर्ता गरेर कम्पनीले यसबारे छनक दिएको हो । कम्पनीले दायर गरेको डिजाइन पेटेन्टले नयाँ मोडल सीबी ३५० मा आधारित हुने देखिएको छ ।

सीबी ३५० मा आधारित हुने हुँदा सो नयाँ मोटरसाइकलको आधारभुत फिचर र मेकानिकल सेटअपमा समानता पाइने अनुमान गरिएको छ । प्याटेन्ट डिजाइनमा देखाइएको तस्विर अनुसार सो बाइकमा गोलाकार हेडल्याम्प सहितको टिपिकल स्क्र्याम्ब्लर डिजाइन, आकर्षक फ्यूल ट्यांक, टु पीस सीट, फ्यूल ट्यांकको वारीपरि मेटल गार्ड र अपस्वेट एक्जस्ट लगायत विशेषता पाइनेछ ।

सो नयाँ स्क्र्याम्ब्लर सीबी ३५० जस्तै ३४९ सीसी सिंगल सिलिन्डर इन्जिनद्वारा संचालित हुने सम्भावना छ । बाइकको पावर २१ बीएचपी र टर्क ३० एनएम रहनेछ भने असिस्ट र स्लिपर क्लचमार्फत ५–स्पीड गियरबक्ससँग जोडिएको हुनेछ ।

सम्बन्धित समाचारहरू

मूल्यको २० प्रतिशत मात्र तिरेर होन्डा कार लिन सकिने

मूल्यको २० प्रतिशत मात्र तिरेर होन्डा कार लिन सकिने

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...

होन्डाले ल्याउने भयो २८४ एमएम ग्राउन्ड क्लियरेन्स भएको ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल

होन्डाले ल्याउने भयो २८४ एमएम ग्राउन्ड क्लियरेन्स भएको ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल

होन्डाले भारतमा सीआरएफ ३००एल बाइक नेम पेटेन्ट गरेको छ । यसको अर्थ आगामी...

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...