नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन, २ लाख बढी मूल्यका साथ खुल्यो बुकिङ
काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ । कम्पनीले यसको अपडेट भेरिएन्ट भविष्यमा नेपाल लगायत अन्य बजारमा लन्च गर्ने अनुमान गरिएको छ । हाल लन्च गरिएको ईएम१ई को रेन्ज सिंगल चार्जमा ४८ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ ।
ईएमको अर्थ इलेक्ट्रिक मोपेड हो । होन्डाको सो नयाँ स्कुटरलाई निकै आकर्षक डिजाइन दिइएको छ । यसको अगाडिको भागलाई कर्वी स्टाइल र पछाडिको भागलाई एंगुलर शेप दिइएको छ । यद्यपि यसको डिजिटल ड्यासबोर्ड एकदम सामान्य दिइएको छ । स्कुटरमा एलईडी लाइटका साथै अन्डरसिट स्टोरेज, बोतल होल्डरका साथै युएसबी चार्जर र एप्रोनमा हुक दिइएको छ ।
स्कुटरमा अप्सनल ३५ लिटर टप बक्सको विकल्प पनि दिइएको छ । स्कुटरमा बाइकको टेक्नोलोजी भएको टेलिस्कोपिक फोर्क अप फ्रन्ट सस्पेन्सन र रियरमा ट्रेडिसनल ट्विन सक एब्जर्बर उपलब्ध छ ।
होन्डा ईएम१ईमा कम्पनीले ०.५८ किलोवाटको हब माउन्टेड मोटर दिएको छ । सो मोटरले १.७ किलोवाटको पावर जेनेरेट गर्छ । कम्पनीले स्कुटरमा परिवर्तन गर्न सकिने लिथियम आयन ब्याट्री दिएको छ, जुन स्पापेबल छ । यो ब्याट्रीको वजन लगभग १० किलोग्राम छ । कम्पनीले स्कुटरसँगै करिब ५.३ केजी तौलको चार्जर पनि दिएको छ ।
स्कुटरको लम्बाई १८६० एमएम, उचाइ ७४० एमएम, ह्विलबेस १३०० एमएम र ग्राउन्ड क्लियरेन्स १३५ एमएम छ । स्कुटरको ब्याट्रीसहितको तौल ९५ किलोग्राम रहेको छ । हाल कम्पनीले स्कुटरको मूल्य भने खुलाएको छैन ।
काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...
कियाले आफ्नो सवैभन्दा सानो र सस्तो इलेक्ट्रिक एसयूभी ईभी–३ को कन्सेप्ट...
फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...