सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै
काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ । कम्पनीले यसको अपडेट भेरिएन्ट भविष्यमा नेपाल लगायत अन्य बजारमा लन्च गर्ने अनुमान गरिएको छ । हाल लन्च गरिएको ईएम१ई को रेन्ज सिंगल चार्जमा ४८ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ ।
ईएमको अर्थ इलेक्ट्रिक मोपेड हो । होन्डाको सो नयाँ स्कुटरलाई निकै आकर्षक डिजाइन दिइएको छ । यसको अगाडिको भागलाई कर्वी स्टाइल र पछाडिको भागलाई एंगुलर शेप दिइएको छ । यद्यपि यसको डिजिटल ड्यासबोर्ड एकदम सामान्य दिइएको छ । स्कुटरमा एलईडी लाइटका साथै अन्डरसिट स्टोरेज, बोतल होल्डरका साथै युएसबी चार्जर र एप्रोनमा हुक दिइएको छ ।
स्कुटरमा अप्सनल ३५ लिटर टप बक्सको विकल्प पनि दिइएको छ । स्कुटरमा बाइकको टेक्नोलोजी भएको टेलिस्कोपिक फोर्क अप फ्रन्ट सस्पेन्सन र रियरमा ट्रेडिसनल ट्विन सक एब्जर्बर उपलब्ध छ ।
होन्डा ईएम१ईमा कम्पनीले ०.५८ किलोवाटको हब माउन्टेड मोटर दिएको छ । सो मोटरले १.७ किलोवाटको पावर जेनेरेट गर्छ । कम्पनीले स्कुटरमा परिवर्तन गर्न सकिने लिथियम आयन ब्याट्री दिएको छ, जुन स्पापेबल छ । यो ब्याट्रीको वजन लगभग १० किलोग्राम छ । कम्पनीले स्कुटरसँगै करिब ५.३ केजी तौलको चार्जर पनि दिएको छ ।
स्कुटरको लम्बाई १८६० एमएम, उचाइ ७४० एमएम, ह्विलबेस १३०० एमएम र ग्राउन्ड क्लियरेन्स १३५ एमएम छ । स्कुटरको ब्याट्रीसहितको तौल ९५ किलोग्राम रहेको छ । हाल कम्पनीले स्कुटरको मूल्य भने खुलाएको छैन ।
काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...
चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादन गरिने नेटा एस...
सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...