५ हजार रुपैयाँमै ग्राजिया बिएस६ बुकिङ गर्न सकिने, सोहि रकम क्यसब्याक समेत पाइने
होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
काठमाडौं – होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य भदौ ७ पश्चात बढ्ने भएको छ । यो भन्दा पहिले नै आफूलाई मन पर्ने मोटरसाइकल वा स्कुटर बुकिङ गरी १२ हजार ५ सय रुपैयाँ सम्म बचाउन सकिने मौका उपलब्ध भएको होन्डा नेपालले जनाएको छ ।
होन्डा नेपालले आफ्नो फेसबुक पेजमा यस सम्बन्धी जानकारी प्रस्तुत गरेको छ । हाल विभिन्न कम्पनीहरुले मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि गरिरहेका छन् । यस अनुसार होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य पनि बढ्ने छ । बढीमा १२ हजार ५ सय रुपैयाँ सम्म मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा होन्डाका मोटरसाइकल र स्कुटर लोकप्रिय छन् । पछिल्लो समयमा होन्डा हाइनेस सीबी ३५०, आरएस ३५० लगायतका मोटरसाइकल र बीएस६ डियो र ग्राजिया स्कुटर नेपाली बजारमा भित्रिएका छन् ।
हाल होन्डाका मोटरसाइकल र स्कुटर किन्दा ४ हजार ५ सय रुपैयाँ सम्मको छुट उपलब्ध छ । त्यसैगरी हालै भित्रिएका दुई मोटरसाइकल मध्ये हाइनेस सीबी ३५० को मूल्य ७ लाख ५० हजार भएकोमा २५ हजार रुपैयाँ छुटमा उपलब्ध छ । त्यसैगरी आरएस ३५० मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । तर बिक्री शुभारम्भको अवसरमा केही दिनका लागि यो मोटरसाइकल ७ लाख ३९ हजार ९ सय रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।
नेपाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल र स्कुटर तथा तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...
होन्डाले इटालीको मिलानमा आयोजित ईआईसीएमए २०२५ मोटरसाइकल शोमा आफ्नो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...