नेटाले थप्यो भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल
चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले लामो प्रतिक्षापछि एक्टिभा-ई र क्युसी१ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटरको बुकिङ जनवरी १ देखि र डेलिभरी फेब्रुअरी देखि सुरु हुनेछ। एक्टिभा-ई र क्युसी१ को मूल्य केही दिनमा खुलासा गर्नेछ । सो इलेक्ट्रिक स्कुटरले ओला र एथरका साथै टीभीएस र बजाज जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ ।
होन्डा एक्टिभा-ई पेट्रोलबाट चल्ने एक्टिभा सिल्हुट र आधुनिक एलिमेन्टको कम्बो हो । यसको एलईडी हेडलाइट, टेलल्याम्प र स्माइलिङ डीआरएलले यसलाई स्लिक र आकर्षक बनाएको छ । यसमा ड्युअल टोन सिट, १२ इन्च डायमण्ड कट अलोय ह्विल, फ्ल्याट फुटबोर्ड र बलियो ग्र्याब रेल समावेश छ ।
होन्डा एक्टिभा इलेक्ट्रिक ५ कलरमा उपलब्ध छ। यसमा ७.० इन्चको टीएफटी स्क्रिन छ र यसको ह्यान्डलबारमा प्रदान गरिएको टगल स्विचको मद्दतले टीएफटी कन्ट्रोल गर्न सकिन्छ। सो बाइक एच स्मार्ट कीको साथमा उपलब्ध छ जसमा स्मार्ट फाइन्ड, स्मार्ट सेफ, स्मार्ट अनलक र स्मार्ट स्टार्ट जस्ता सुविधा रहेको छ ।
होन्डा एक्टिभा इलेक्ट्रिकमा दुई वटा बदल्न मिल्ने (स्वापेबल) ब्याट्री जडान गरिएको छ, जसको क्षमता १.५ किलोवाट छ र फुल चार्जमा १०२ किलोमिटरको रेन्ज प्रदान गर्छ । एक्टिभा इलेक्ट्रिक उन्नत इन-हाउस विकसित परमानेन्ट म्याग्नेट सिंक्रोनस इलेक्ट्रिक मोटरले सुसज्जित छ जसले ६ किलोवाट पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यो ७.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति लिन्छ र यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । यसमा इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी ३ मोड उपलब्ध छ ।
नयाँ होन्डा क्युसी१ इलेक्ट्रिक स्कुटर फ्लुइडिक डिजाइन र स्लिक इन्जिनियरिङको कम्बो हो। यसको एलईडी हेडलाइट र टेलल्याम्पको डिजाइनले क्युसीवनलाई फरक लुक दिएको छ । यो ५ रङमा उपल्बध छ । यसमा रियर-भ्यु मिरर, स्टाइलिश १२ इन्चको फ्रन्ट अलोय ह्विल, सोलिड ग्रेब रेल र आकर्षक फ्युचरिस्टिक लुकका साथ उपलब्ध गराएको छ ।
होन्डा क्युसी१ मा १.५ किलोवाट क्षमताको फिक्स्ड ब्याट्री प्याक दिइएको छ, जसले एक पटक चार्जमा ८० किलोमिटरको रेन्ज प्रदान गर्छ । क्युसी१ अटो-कट टेक्नोलोजीको साथ ३३० वाट अफ बोर्ड होम चार्जर प्रयोग गरी घरमै चार्ज गर्न सकिन्छ । यो ४ घण्टा ३० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ र फुल चार्ज हुन ६ घण्टा ५० मिनेट लाग्छ। यसको ब्याट्रीले १.८ किलोवाटको पीक पावर रेटिङ र ७७ एनएमको टर्क प्रदान गर्छ। सो स्कुटरको टप स्पिड ५० किलोमिटर प्रतिघण्टा छ । यसमा स्ट्याण्डर्ड र इकोन जस्ता दुई राइडिङ मोड पनि दिइएको छ ।
यसमा ५.० इन्चको अल-इन्फो एलसीडी डिस्प्ले छ, जसमा स्कुटरको बारेमा पूर्ण जानकारी सजिलै उपलब्ध हुन्छ । यसमा यूएसबी टाइप-सी आउटलेट प्रदान गरिएको छ । साथै यसमा २६ लिटरको अण्डर सिट भण्डारण बक्स पनि उपलब्ध छ ।
भारतमा सो स्कुटरहरुमा ३ वर्ष वा ५०,००० किलोमिटरको वारेन्टी र पहिलो वर्ष तीन पटक निःशुल्क सर्भिस उपलब्ध छ ।
चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप...
काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले...
काठमाडौँ – छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...