स्टार्ट गर्न चावी नचाहिने फिचर सहित आयो होन्डा एक्टिभा एच–स्मार्ट

जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ स्कुटर लन्च गरेको छ । होन्डाले ११० सिसी सेग्मेन्टमा पहिलो पटक किलेस फिचर दिएर एक्टिभा एच–स्मार्टलाई लन्च गरेको हो । किलेस फिचर वाहेक यसमा अन्य थुप्रै स्मार्ट फिचर दिइएको छ ।

यो नयाँ स्कुटरलाई चावी वेगरनै स्टार्ट गर्न सकिन्छ । इलेक्ट्रोनिक की फवको साहयतामा स्कुटर स्टार्ट गर्नदेखी ह्यान्डल वार, फ्यूल फिलर क्याप र अन्डर सिट स्टोरेजलाई अनलक समेत गर्न मिल्छ । जसका लागी यसको की फवमा विभिन्न अप्सनहरु दिइएको छ ।

प्राय कारमा प्रयोग हुँदै आइरहेको यो फिचरलाई होन्डाले पहिलोपटक एच–स्मार्टमा दिएको हो । यो स्मार्ट फिचर वाहेक स्कुटरमा अलोई ह्विल समेत उपलब्ध गराइएको छ । जसले स्कुटरलको लुक्समा निखारपन दिएको छ । यो स्कुटरको उत्पादन होण्डाले अवको केही दिनपछि शुरु गर्ने र लगत्तै बिक्रीका लागी शोरुममा पठाउने वताएको छ ।

भारतमा २० वर्षदेखी बिक्री हुँदै आएको एक्टिभा स्कुटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोडल हो । नेपाली बजारमा समेत बिक्री हुँदै आएको एक्टिभाको यो नयाँ मोडल अवको केही समयपछि यहाँको बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो नयाँ स्कुटरको मूल्य ८० हजार ५३७ भारु निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

आज लन्च हुँदै होन्डा एलिभेट, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने अनुमान

आज लन्च हुँदै होन्डा एलिभेट, हुन्डाई क्रेटाको प्रतिस्पर्धी बन्ने अनुमान

भारतमा आज होन्डाको मिड साइज कार एलिभेट लन्च हुँदैछ । भारत र नेपालमा समेत...

क्लासिक लुक र आधुनिक फिचरसहित होन्डा सीबी३५०सी स्पेसल एडिसन लन्च

क्लासिक लुक र आधुनिक फिचरसहित होन्डा सीबी३५०सी स्पेसल एडिसन लन्च

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा ३५० सीसी...

होन्डा बन्यो भारतको नम्बर १ टु ह्विलर कम्पनी, हिरो मोटोकर्प दोस्रो स्थानमा

होन्डा बन्यो भारतको नम्बर १ टु ह्विलर कम्पनी, हिरो मोटोकर्प दोस्रो स्थानमा

भारतीय बजारमा हिरो र होन्डाका बाइक तथा स्कुटर निकै लोकप्रिय छ । बिक्रीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...