यस्तो छ विस्तृतमा होन्डा हर्नेट २.० रेप्सोल एडिसनको विशेषता

होन्डा टु ह्वीलर इन्डियाले भारतमा हर्नेट २.०को स्पेसल रेप्सोल एडिसन लन्च गरेको छ । यो कम्पनीको नयाँ नेकेड स्ट्रीटफाइटर मोडल हो जसले १८०–२०० सीसी सेगमेन्टमा स्पोर्टी मोटरसाइकल प्रदान गर्छ । सो बाइक मोटोजीपीबाट प्रभावित रहेको छ ।

रेप्सोल एडिसनको साथमा होन्डा हर्नेट २.० बाइक स्ट्यान्डर्ड एडिसनको तुलनामा निकै शार्प रहेको छ । जसको १ लाख २८ हजार एक्स शोरुम मूल्य रहेको छ । होन्डाले सो बाइकमा कुनै मेकानिकल अपग्रेड गरेको छैन ।

बाइक ट्रिपल टोन ओरेन्ज, ह्वाइट र रेड कलरमा उपलब्ध रहेको छ । सो बाइकमा फ्रन्ट फेन्डर र इन्जिनमा ब्ल्याक ट्रिटमेन्ट गरिएको छ । जबकि रेड टच र हेडल्याम्पमा नोटिस गर्न सकिन्छ । होन्डा हर्नेट २.० रेप्सोल एडिसनको माथि ओरेन्ज कलर समावेश गरिएको छ । जसको बीचमा ब्ल्याक कलरको स्ट्रिप रहेको छ ।

हर्नेट २.० को पावर दिनको लागि बीएस६ नर्म्स भएको १८४.४ सीसी, सिंगल सिलिन्डर एयर कुल्ड र फ्युल इन्जेक्टेड इन्जिन समावेश गरेको छ । जसले ८५०० आरपीएममा १७ बीएचपकिो पावर र ६००० आरपीएममा १६.१ एनएमको पिक टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पिड ट्रान्समिसन समावेश गरिएको छ । साथै फ्युल ट्यांकी १२ लिटरको क्षमता रहेको छ ।

सो बाइक अन्य प्रतिस्पर्धी बाइकको तुलनामा महँगो रहेको छ । सो सेगमेन्टमा फर्स्ट यूएसडी फ्रन्ट फोर्क्स र मोनोसक रियर सस्पेन्सनको साथमा उपलब्ध रहेको छ । हर्नेट २.० मा विकल्पको रुपमा एक्सिस ग्रे मेटेलिक, मेट मार्बल ब्लू मेटेलिक, मेट संगरिया, रेड मेटेलिक र पर्ल इगनीस ब्ल्याकमा पनि समावेश रहेको छ ।

बाइकमा प्याडल टाइप डिस्क अप फ्रन्ट २७६ एमएम र रियर २२० एमएम रहेको छ । साथै सिंगल च्यानल एबीएस सिस्टम पनि समावेश गरिएको छ । बाइकमा फिचरको रुपमा एलईडी हेडल्याम्प, एलसीडी इन्स्ट्रयुमेन्ट, हाजार्ड लाइट स्विच, एलईडी टेलल्याम्प र इन्डिकेटर्स जस्ता फिचर रहेको छ । सो एडिसनको मूल्य स्ट्यान्डर्ड मोडलको तुलनामा २५ हजार भारु महँगो रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...