टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता
टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...
पावरफुल सेग्मेन्टका बाइकमा राइडरहरुको रुचि बढ्दै गएपछि टु ह्विलर कम्पनीहरु अहिले नयाँ नयाँ मोडललाई बजारमा उतार्ने होडबाजीमा उत्रेका छन् । विशेषतः २०० सीसी वा सो भन्दा माथिका बाइकलाई पावरफुल मान्ने गरिन्छ ।
यस्ता बाइकमा युवा राइडरले रुचि बढाउँदै गएका कारण अहिले धेरैजसो उत्पादक कम्पनीहरु यही सेग्मेन्टका बाइकको उत्पादनमा केन्द्रित भइरहेका छन् । जसको ज्वलन्त उदाहरण बनेको छ होन्डा । यो सेग्मेन्टमा होन्डाले हालै हर्नेट २.० लाई बजारमा उतारेको छ । यसअघि बजारमा बजाज र टीभीएसको राम्रो होल्ड रहदै आएकोमा नयाँ बाइक हर्नेटले कस्तो चुनौती पेश गर्ला यसका लागि भने केही समय कुर्नुपर्न हुन्छ ।
यस्ता छन् यी ३ बाइक
यो सेग्मेन्टमा सबैभन्दा पहिले नेपाल भित्रिएको बाइक हो पल्सर एनएस २०० । यो बाइक नेपाल भित्रिएको १ दशक हाराहारी समय भएको छ । त्यसैले पनि बजारमा एनएस २०० प्रयोग गर्ने राइडरहरु बढी संख्यामा छन् । उता पछिल्लो समय चर्चामा रहन सफल टीभीएस अपाचे आरटीआर २०० ४ भी नेपाल भित्रिएको ३ बर्ष पुरा भएको छ ।
यो अवधिमा अपाचे आरटीआर २०० ४भी बाइकले सेग्मेन्टमै पावरफुल र स्मार्ट कनेक्टेड फिचरयुक्त बाइकको पहिचान बनाएको छ । नयाँ पुस्ताका युवाहरुको रोजाइमा पर्न सफल भइरहेको आरटीआर पछिल्लो समय यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने बाइकको पहिलो स्थानमा पर्छ । यी दुई बाइकले एकछत्र बजार लिइरहेको अबस्थामा पछिल्लो समय सोही क्षमताको बाइक होन्डाले उतारेका कारण बजार थप प्रतिस्पर्धात्मक बन्ने देखिएको हो ।

बजाज पल्सर एनएस २०० मा १९९.५ सीसी क्षमताको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एसओएचसी ४ भल्व, लिक्विड कूल्ड, ट्रिपल स्पार्क इन्जिन दिइएको छ । उक्त इन्जिनले २३ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ । त्यसैगरी अपाचे आरटीआर २०० ४ भिमा १९७.७५ सीसी सिंगल सिलिण्डर, ४–स्ट्रोक, ४–भल्व, आयल कुल्ड इन्जिन जडान भएको छ । जसले २०.५ पिएस पावर र १८.१ एनएम टर्क जेनेरेट गर्छ । जसमा ६ स्पिड गियरबक्स दिइएको छ ।
नयाँ बाइक होन्डा हनेर्टमा भने पल्सर एनएस र टीभीएस आरटीआरको तुलनामा केही कम सीसी क्षमताको इन्जिन जडान भएको छ । यो बाइकमा १८४ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले १७.०३ पीएस पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा भने ५ स्पिड गियरबक्स दिइएको छ ।
यी ३ वटै बाइकमा प्रायः समान प्रकारको फिचर्स उपलब्ध गराइए पनि अपाचे आरटीआरको हकमा भने केही नवीनतम प्रविधि प्रयोग भएको छ । जसलाई कम्पनीले स्मार्ट कनेक्टेड फिचर्स भनेको छ । यसमा ब्लुटुथ कनेक्ट गर्न मिल्ने फिचर्स दिइएको छ । जसमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन ,लिन एङ्गल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा प्रयोग गर्न सकिन्छ । यी ३ वटै बाइकमा मोनोशक सस्पेन्सन उपलब्ध गराइएको छ भने एलईडी हेडल्याम्प तथा टेलल्याम्प र एबीएस जस्ता फिचर समेत उपलब्ध छ ।

मूल्य तथा प्रतिस्पर्धा
टीभीएस अपाचे आरटीआर २०० ४ भीको मूल्य नेपाली बजारमा ३ लाख २५ हजारदेखि ३ लाख ५१ हजार रुपैयासम्म कायम गरिएको छ । त्यसैगरी पल्सर एनएस २०० को ३ लाख ५६ हजार र नयाँ बाइक होन्डा हर्नेटको भने ४ लाख ६० हजार निर्धारण गरिएको छ ।
पावर र पर्फमेन्स कम भएपनि होन्डा हर्नेटको मुल्य यी २ बाइकको तुलनामा १ लाख बढीले महंगो पर्न जाने देखिएको छ । जसका कारण स्थापित भैसकेका पल्सर एनएस २०० र आरटीआर २०० ४ भीसँग नयाँ आएको हर्नेटलाई प्रतिस्पर्धा गर्न निकै कठिन पर्ने देखिन्छ ।
होन्डा ब्रान्डमा बिश्वास गर्ने ग्राहकले समेत ठूलो मूल्य अन्तरका कारण हर्नेटमा रुचि नदेखाइहाल्ने अबस्था रहनसक्छ । यो बाइकलाई नेपालमा बजार लिन मूल्य नै ठूलो चुनौती बन्ने देखिन्छ । यद्यपि होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले हर्नेट २.० को मूल्य आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । ग्राहकको प्रतिक्रिया अनुसार यसमा केही परिमार्जन गरिने समेत बताइएको छ ।
टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...
काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...