बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
होन्डाले रोयल इन्फिल्ड इन्टरसेप्टर ६५०सँग प्रतिस्पर्धा गर्नको लागि प्रिमियम बाइक लन्च गर्ने भएको छ । होन्डाले १६ फेब्रुअरीमा होन्डा हाइनेस सीबी५०० प्रिमियम बाइक लन्च गर्ने आधिकारिक रुपमा जानकारी दिएको छ ।
होन्डाले केही दिन पहिले लन्च गरेको हाइनेस सीबी३५० ले निकै नै चर्चा पाएको छ । यसबाट हौसिएर होन्डाले यसैमा आधारित अर्को बाइक बजारमा ल्याउने तयारी गरेको बुझ्न सकिन्छ ।
कम्पनीले जारी गरेको टिजर इमेजमा नयाँ प्रिमियम बाइक हाइनेस सीबी५०० बाइक पावरफुल देखाइएको छ । होन्डाले क्रुजर बाइक पनि लन्च गर्ने जानकारी दिएको थियो । सोही अवसरमा कम्पनीले होन्डा हाइनेस सीबी५०० बाइकमा आधारित स्क्र्याम्बलर कन्सेप्ट मोडल पनि लन्च गर्ने सम्भावना रहेको छ ।
नयाँ हाइनेस सीबी५०० बाइक कम्पनीको बिग विंग डिलरशिपबाट बिक्री गरिनेछ । कम्पनीको टिजर अनुसार सो बाइकको टेलल्याम्प, आर इन्डिकेटर्स र टायरमा निकै परिवर्तन देख्न सकिन्छ ।
होन्डाको सो बाइकले रोयल इन्फिल्डको इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५०सँग प्रतिस्पर्धा गर्नेछ । सो बाइकको मूल्य ३ लाख देखि ३ लाख ५ हजार भारु हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...