होन्डा हाइनेस सीबी ३५० डिलक्स प्रो नेपालमा नआउने, मुख्य ३ फरक छ डिलक्स र डिलक्स प्रोमा

काठमाडौं – नेपाली बजारमा हालै होन्डाको हाइनेस सीबी ३५० डिलक्स बाइक भित्रिएको छ । विभिन्न आधुनिक फिचर सहित उपलब्ध सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तर वर्तमान निषेधाज्ञाको अवस्थामा केही समयका लागि ५० हजार रुपैयाँ छुट हुने बताइएको छ ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बिक्रीका लागि उपलब्ध गराएको सो बाइक अन्तर्राष्ट्रिय बजारमा डिलक्स र डिलक्स प्रो गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । तर नेपालमा भने डिलक्स भेरिएन्टमा मात्र उपलब्ध हुने भएको छ ।

डिलक्स र डिलक्स प्रो भेरिएन्टमा मुख्य गरी तीन वटा फिचर मात्र फरक रहेको र डिलक्स प्रो भेरिएन्ट प्रयोग गरिने ती फिचर मध्ये एक फिचर नेपालका लागि प्राविधिक रुपमा उपयोगी नभएकाले डिलक्स प्रो भेरिएन्ट नेपालमा उपलब्ध नहुने भएको हो ।

स्याकार ट्रेडिङ कम्पनीका निर्देशक सौरभ ज्योतिका अनुसार डिलक्स प्रोमा दुई वटा हर्न छ भने डिलक्समा एक मात्र हर्न छ । त्यसैगरी डिलक्स प्रोको ट्यांकमा एउटा स्ट्राइप छ भने डिलक्समा त्यो स्ट्राइप छैन, सिंगल कलर हो । तेस्रो महत्वपूर्ण फरक भने होन्डा स्मार्ट भ्वाइस कन्ट्रोल (एचएसभीसी) हो । यो डिलक्स प्रोमा मात्र छ र यसको सहयोगले नेभिगेसन देखि लिएर स्मार्टफोन कनेक्ट सम्म गर्न सकिन्छ ।

एचएसभीसी एक प्रकारको एप हो । तर यसलाई नेपालमा चलाउन सकिदैन । यसले गर्दा नेपालमा ल्याएर पनि काम छैन ।

यी विभिन्न फिचरका कारण डिलक्स प्रोको मूल्य अलि महंगो समेत पर्न जान्छ । त्यसैले नेपाली बजारमा हाइनेस सीबी डिलक्स प्रो मोटरसाइकल उपलब्ध नहुने ज्योतिले बताए ।

यस्ता फरक विशेषता छन् हाइनेस सीबी ३५० मा

ज्योतिका अनुसार बजारमा भएका अन्य ब्रान्डका ३५० वा ४०० सीसीका मोटरसाइकलमा नभएका एड्भान्स फिचर र टेक्नोलोजी सीबी ३५० मा छन् । यो मोटरसाइकलमा ३५० सीसीमा फर्स्ट इन सेगमेन्ट होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल छ, जसलाई स्विच अन र अफ गर्न सकिन्छ । सामान्यतः पानी परेको अवस्थामा अलिकति एक्सेलरेटर नमिल्दा चिप्लेर लड्ने सम्भावना हुन्छ । यो अवस्थामा टर्क कन्ट्रोल ग¥यो भने चिप्लिदैन, ह्विल स्पिन कन्ट्रोल हुन्छ ।

त्यसैगरी यसमा बीएस६ मापदण्डयुक्त फ्युल इन्जेक्सन सिस्टम छ । यसले गर्दा सेन्सरको सहायताले प्रशस्तै मात्रामा इन्धन इन्जिनमा जान्छ । तीव्र गति वा सुस्त गति दुवै अवस्थामा आवश्यकता अनुसारको इन्धन प्रवाह गरी पावरलाई बढाउछ ।

यसमा भएको अर्को फिचर स्लिपर असिस्ट क्लच हो । असिस्ट क्लचले गर्दा क्लच हल्का हुन्छ । एउटा औलाले पनि हलुका रुपमा बाइकलाई चलाउन सकिन्छ र हेभी ट्राफिकको अवस्थामा हातमा असर पुग्दैन । स्लिपर क्लचको कारणले मोटरसाइकल नहल्लिने र सहज तरिकाले चलाउन सकिन्छ । यसको अभावमा डाउन सिफ्ट गरेर मोटरसाइकल चलाउदा अन्य अवस्थामा झकझक गरेर हल्लिने हुन्छ । स्लिपर क्लचको कारणले इन्जिन जर्किङ न्यून हुन्छ ।

मोटरसाइकल चलाउदा कम्फर्टेबल र स्मुथ छ । ड्युअल च्यानल एबीएस, स्पिडोमिटरमा विभिन्न डिजिटल फिचर छ । हेर्दा भिन्टेज लुक भए पनि त्यसमा माथि उल्लिखित फिचर वाहेक मोबाइल चार्जिङ, साइड स्ट्यान्ड इन्डिकेटर, डिस्टेन्स टु माइलेज, रियल टाइम फ्युल एफिसियन्सी, गियर पोजिसन इन्डिकेटर, ब्याट्री भोल्टेज इन्डिकेटर, इको इन्डिकेटर आदि विभिन्न फिचर यो मोटरसाइकलमा उपलब्ध छन् ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

तस्बिर : होन्डा हाइनेस सीबी ३५० डिलक्स

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी...

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...