८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता
होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा जानकारी दिनका लागि आज नेपाल अटोको फेसबुक लाइभमा चर्चित व्यवसायी सौरभ ज्योति आउने भएका छन् ।
ज्योतिले सो बाइकको वारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुका साथै उनको बाइकिङ अनुभव समेत प्रदान गर्नेछन् । दिउँसो २ बजे नेपाल अटोको फेसबुक पेज मार्फत लाइभ कार्यक्रम हेर्न र प्रतिक्रिया जनाउन सकिने छ ।
सौरभ ज्योति होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष हुन् । उनले नेपालमा उपलब्ध विभिन्न ब्रान्डका महंगा र पुराना बाइकहरु समेत संग्रह गरेका छन् । ज्योतिले केही दिन पहिले कान्तिपथस्थित नेपालकै पहिलो बाइक म्युजियम एसजे मोटो समेत सञ्चालनमा ल्याएका छन् ।
सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० डीएलएक्स भेरिएन्टमा उपलब्ध छ ।
१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।
होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...
होण्डाले भारतमा १६० सिसीको नयाँ स्कुटर ‘स्टाइलो’ ल्याउने भएको छ । हाल...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको होन्डाको हाइनेस सीबी ३५० बाइकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...