औपचारिक रुपमै शुरु भयो होन्डा हाइनेस सीबी ३५० को बिक्री, निषेधाज्ञाभर ५० हजार छुट

काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले औपचारिक रुपमा नेपाली बजारमा होन्डा हाइनेस सीबी ३५० बाइक भित्र्याएको छ । आज देखि बिक्री प्रारम्भ हुने सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० डीएलएक्स भेरिएन्टमा उपलब्ध हुनेछ ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा होन्डाले सोलिड–स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने, मुल्य २५ प्रतिशत सस्तो हुने

२०३० सम्ममा होन्डाले सोलिड–स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने, मुल्य २५ प्रतिशत सस्तो हुने

होन्डाले सन् २०३० को अन्त्यसम्ममा सोलिड–स्टेट ब्याट्रीद्वारा सञ्चालित...

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...