टीभीएस एनटर्कसँग प्रतिस्पर्धाका लागि होन्डा ग्राजिया आयो स्पोर्ट्स एडिसनमा

होन्डा ग्राजिया स्पोर्ट्स एडिसन भारतमा आकर्षक डिजाइनका साथ लन्च भएको छ । पर्ल नाइटस्टार ब्ल्याक र स्पोर्ट्स रेड गरी दुई कलरमा उपलब्ध सो स्कुटरको मूल्य रेगुलर ग्राजिया भन्दा १ हजार भारु मात्र महंगो छ ।

यसको पावरट्रेन र मेकानिकल पक्षमा भने केही परिवर्तन गरिएको छैन । होन्डाका म्यानेजिङ डाइरेक्टर, प्रेसिडेन्ट तथा सीईओ अत्सुसी ओगाताले प्रिमियम स्कुटर सेगमेन्टमा थप उत्साह जगाउनका लागि स्पोर्ट्स एडिसन ल्याएको बताएका छन् ।

बजारमा प्रिमियम स्कुटर सेगमेन्टमा टीभीएस एन्टर्कले राम्रो बजार लिइरहेको समयमा ग्राजियाले भने आशातित प्रतिफल हासिल गर्न सकेको छैन । यो अवस्थामा होन्डाले स्पोर्ट्स एडिसन ल्याएको अनुमान गरिएको छ ।

नयाँ स्पोर्ट्स एडिसनयुक्त ग्राजियालाई सानदार लुक दिनका लागि स्पोर्टी कलर स्किम र ग्राफिक्सका साथ हेडल्याम्प पनि स्पोर्टी राखिएको छ । यसमा रेसिङ स्ट्रिप र रेड–ब्ल्याक कलरको रियर सस्पेन्सन दिइएको छ । यसमा रंगीन फ्रन्ट आर्क र रियर ग्रयाब रेल पनि उपलब्ध छ ।

सो स्कुटरमा १२४.९ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८.५२ बीएचपीको पावर र १०.५४ एनएमको टर्क जेनेरेट गर्छ । 

नेपाली बजारमा पनि यो स्कुटर चाँडै नै उपलब्ध हुने अनुमान गरिएको छ । नेपाली बजारमा स्याकार ट्रेडिङ कम्पनीले होन्डाका बाइक र स्कुटर बिक्री–वितरण गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...