होन्डा ग्राजिया बीएस६ अब नेपालमा, नयाँ प्रविधिसहित बढ्यो मूल्य

काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आज देखि औपचारिक रुपमा यसको बिक्री प्रारम्भ भएको बताएको छ ।

बीएस६ इन्जिनयुक्त होन्डा ग्राजियामा १२४ सीसीको इन्जिन छ, जसले ६००० आरपीएममा ८.२५ पीएस पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसको दुवै पांग्रामा ड्रम ब्रेक रहेको छ । १०८ किलोग्राम तौल भएको यो स्कुटरमा ट्युबलेस टायर र अलोय ह्विल रहेको छ । ५.३ लिटरको इन्धन ट्यांकी भएको स्कुटरमा ११६७ एमएमको सिट हाइट छ ।

नेपाली बजारमा पहिले देखि नै होन्डा ग्राजिया उपलब्ध छ । तर अब उपलब्ध हुने बीएस६ इन्जिन सहितको होन्डा ग्राजियाको लुक पहिले भन्दा केही फरक छ । यसमा आकर्षक एलईडी र फ्रन्ट एप्रोनभन्दा माथि प्रयोग भएको एलईडी हेडल्याम्पले पहिलेको तुलनामा केही नयाँ लुक्स सकिन्छ । साइड बडी प्यानलका साथै पछाडिको ब्रेक लाइटको भाग पहिलेभन्दा आकर्षक देखिन्छ ।

यो स्कुटरमा १२५ सीसी होन्डा इको टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा इनह्यान्स स्मार्ट टेक्नोलोजिका साथै एसीजी स्टाटर मोटर रहेको छ ।

यसमा नयाँ इन्स्ट्रुमेन्ट कल्स्टर दिइएको छ । रियल टाइम माइलेज, एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचर थप भएको छ । यसका साथै साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्ट प्रविधि पनि यसमा छन् ।

एलईडी स्प्लीट पोजिशन ल्याम्प, पहिलेभन्दा बढी ग्राउण्ड क्लियरेन्स र जेट इन्सपायर रियर विङकर्स रहेको छ यसले स्कुटरको रियर भ्यु आर्कषक बनाएको छ ।

बीएस६ इन्जिनयुक्त होन्डा ग्राजिया १२५ मा फुल डिजिटल मिटर रहेको छ, जसमा रियल टाइम माइलेज थाहा पाउन सकिन्छ । यसमा स्प्लिट एन्ड पोजिसन ल्याम्प तथा हेडल्याम्प रहेको छ । यो स्कुटरमा १७१ एमएम सम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ र होन्डाले यसलाई बेस्ट इन क्लास भनेको छ । स्कुटरमा भएको आइडलिङ स्टप सिस्टमले इन्धन बचाउन सहयोग गर्छ ।

नेपाली बजारमा बीएस६ इन्जिनयुक्त ग्राजिया स्कुटर दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको स्ट्यान्डर्ड भर्सनको मूल्य २ लाख ६९ हजार ९ सय र डिलक्स भर्सनको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध ग्राजिया स्ट्यान्डर्डको मूल्य २ लाख २४ हजार ९ सय र स्ट्यान्डर्डको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

यस्तो छ नयाँ लुक र एड्भान्स फिचरले सुसज्जित होन्डाको पासपोर्ट एसयूभी

यस्तो छ नयाँ लुक र एड्भान्स फिचरले सुसज्जित होन्डाको पासपोर्ट एसयूभी

होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा ल्याएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...