भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ । नयाँ ईभी उत्पादनका लागी कम्पनीले राजस्थानस्थित प्लान्टलाई तयार पारिरहेको कम्पनीले जनाएको छ ।

जापानमा जारी टोकियो अटो शोमा होन्डा ब्यवस्थापनका उच्च प्रतिनिधीले भारतमा नयाँ ईभी उत्पादन गर्न कम्पनीले सो प्लान्टमा नयाँ उपकरण थप गर्ने प्रक्रिया अघि बढेको बताएका हुन् । सो प्लान्टबाट २०२४ देखी नै ईभीको उत्पादन सुरु गरिने र २०२५ देखी बिक्री सुरु गर्ने कम्पनीले तयारी थालेको हो ।

भारतमा उत्पादन हुने होन्डाको पहिलो ईभी एलिभेट एसयूभीमा आधारित हुने भएको छ । हुन्डाई क्रेटा र सेल्टोसको प्रतिस्पर्धीका रुपमा आएको एलिभेटलाई होन्डाले केही समयअघि मात्र भारतीय बजारमा लन्च गरेको थियो । सो नयाँ एसयूभी नेपाली बजारमा समेत उपलब्ध छ ।

राजस्थानस्थित प्लान्टबाट हुन्डाईले हाल सिटी सेडान र एलिभेट एसयूभी उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ । साथै कम्पनीले सोही प्लान्टबाट छिट्टै अमेज कम्प्याक्ट सेडानको पनि उत्पादन सुचारु गर्ने तयारी थालेको छ ।

सो प्लान्टबाट क्षमता अनुसार गाडी उत्पादन हुन नसकेपछि कम्पनीले ईभीका लागि छुट्टै प्लान्ट लगाउनुभन्दा भएकै प्लान्टलाई प्रयोग गर्न लागेको हो ।

सम्बन्धित समाचारहरू

बीवाईडीका इलेक्ट्रिक कार किन्न एनएमबि बैंकले निश्चित दरमा फाइनान्स गर्ने

बीवाईडीका इलेक्ट्रिक कार किन्न एनएमबि बैंकले निश्चित दरमा फाइनान्स गर्ने

काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...