एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ । नयाँ ईभी उत्पादनका लागी कम्पनीले राजस्थानस्थित प्लान्टलाई तयार पारिरहेको कम्पनीले जनाएको छ ।
जापानमा जारी टोकियो अटो शोमा होन्डा ब्यवस्थापनका उच्च प्रतिनिधीले भारतमा नयाँ ईभी उत्पादन गर्न कम्पनीले सो प्लान्टमा नयाँ उपकरण थप गर्ने प्रक्रिया अघि बढेको बताएका हुन् । सो प्लान्टबाट २०२४ देखी नै ईभीको उत्पादन सुरु गरिने र २०२५ देखी बिक्री सुरु गर्ने कम्पनीले तयारी थालेको हो ।
भारतमा उत्पादन हुने होन्डाको पहिलो ईभी एलिभेट एसयूभीमा आधारित हुने भएको छ । हुन्डाई क्रेटा र सेल्टोसको प्रतिस्पर्धीका रुपमा आएको एलिभेटलाई होन्डाले केही समयअघि मात्र भारतीय बजारमा लन्च गरेको थियो । सो नयाँ एसयूभी नेपाली बजारमा समेत उपलब्ध छ ।
राजस्थानस्थित प्लान्टबाट हुन्डाईले हाल सिटी सेडान र एलिभेट एसयूभी उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ । साथै कम्पनीले सोही प्लान्टबाट छिट्टै अमेज कम्प्याक्ट सेडानको पनि उत्पादन सुचारु गर्ने तयारी थालेको छ ।
सो प्लान्टबाट क्षमता अनुसार गाडी उत्पादन हुन नसकेपछि कम्पनीले ईभीका लागि छुट्टै प्लान्ट लगाउनुभन्दा भएकै प्लान्टलाई प्रयोग गर्न लागेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...