उपत्यकामा होन्डाको २२ वटा शोरुम, ६ वटा प्राइम लोकेसनमा कम्पनीको आफ्नै
काठमाडौं उपत्यकामा होन्डा मोटरसाइकल तथा स्कुटरको शोरुम संख्या जम्मा २२...
होन्डाले भारतमा आफ्नो कम्प्याक्ट एसयूभी एलिभेट १०० दिनभित्र २० हजार बढी बिक्री गरेको दाबी गरेको छ ।
कम्पनीका अनुसार पछिल्लो तीन महिनामा एलिभेटले होन्डाको कुल बिक्रीमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । सो एसयूभीको माग बढेसंगै होन्डाको भारतमा बिक्री समेत अघिल्लो बर्षको सोही अबधीको तुलनामा ११ प्रतिशतले बृद्धि भएको जनाइएको छ ।
भारतमा बिक्री बढेपनि नेपालमा भने होन्डाको यो नयाँ एसयूभीले कुनै चर्चा बटुल्न सकेको छैन । विगतदेखी नै प्यासेन्जर कार सेग्मेन्टमा बजार लिन नसकेको होन्डाको यो नयाँ एसयूभी ईभीको लोकप्रियतासंगै झन ओझेलमा परेको हो ।
एलीभेटमा १.५ लिटर, ४–सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ११९ बीएचपी र टर्क १४५ एनएम रहेको छ । यो ६–स्पीड म्यानुअल र ७–स्पीड डिसीटी ट्रान्समिसनको विकलप्मा उपलब्ध रहँदै आएको छ ।
एलिभेटले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, स्कोडा कुशाक र मारुती ग्रान्ड भिटारा लगायत एसयूभीसंग प्रतिस्पर्धा गर्दै आएको छ । होन्डा एलिभेट नेपालमा कुल ८ भेरिएन्टमा उपलब्ध रहेको छ । जसको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजारसम्म निर्धारण गरिएको छ ।
काठमाडौं उपत्यकामा होन्डा मोटरसाइकल तथा स्कुटरको शोरुम संख्या जम्मा २२...
जापजिन अटो निर्माता होन्डाले सिटी सेडानको हाइब्रिड भर्सन भारतमै उत्पादन...
काठमाडौं– होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...