होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम
काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...
होन्डाले मिड साइज सेगमेन्टमा एलिभेट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले सो एसयूभी फेस्टिभ सिजनमा लन्च गर्ने सम्भावना छ र जुलाईबाट बुकिङ सुरु गर्नेछ ।
होन्डा एलिभेटमा हाइब्रिड इन्जिनको विकल्प हुनेछैन । यसमा १.५ लिटर ४ सिलिन्डर एस्पिरेटेड पेट्रोल इन्जिन हुनेछ । सो इन्जिनले १२१ पीएसको पावर र १४५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनको लागि यसमा ६ स्पिड म्यानुअल र ७ स्टेप सीभीटी अटोमेटिक हुनेछ । यसमा हाइब्रिड र टर्बो इन्जिन हुने छैन ।
नयाँ होन्डा एलिभेटमा स्मार्टफोन कनेक्टिभिटीको साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्टमेन्ट स्क्रिन, ७ इन्च सेमी डिजिटल ड्राइभर डिस्प्ले, सिंगल प्यान सनरुफ, वायरलेस फोन चार्जिङ र रियर एसी भेन्ट्सको साथमा क्लाइमेट कन्ट्रोल जस्ता फिचर हुनेछ । साथै अटोनोमस इमर्जेन्सी ब्रेकिङ, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट, अटो हाईबिम जस्ता सेफ्टी फिचर पनि हुनेछ । यसमा प्यानोरामिक सनरुफ हुने छैन ।
एलिभेटमा भेन्टिलेटेड फ्रन्ट सिट हटाइएको छ । यसमा रियरभ्यू क्यामेरा र लेनवाच क्यामेरा हुनेछ । यसको बायाँ मिररमा क्यामेरा जडान गरिएकोे छ । यसमा ७ इन्चको टीएफटीको साथमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पनि समावेश गरिएको छ । यसमा ३६० डिग्री क्यामेरा भने हुने छैन ।
होन्डा एलिभेटमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ । यद्यपि यसमा डिजिटल ड्राइभर डिस्प्ले भने छैन ।
भारतीय बजारमा सो एसयूभीको हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाईराइडर, फक्सवागन टाइगुन, स्कोडा कुशाक, एमजी एस्टर र सिट्रोन सी३ एयरक्रस एसयूभीसँग प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...
होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...
काठमाडौं – सरकारले केही दिन पहिले ल्याएको प्रतिस्थापन विधेयक पश्चात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...