होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत
काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...
काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराएको छ । यी दुई मोडलको मूल्य क्रमशः १७ लाख ५० हजार र १९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
पहिले बजारमा उपलब्ध सीआरएफ २५०एललाई अपग्रेड गरी नयाँ मोटरसाइकल विश्व बजारमा बिक्रीका लागि उपलब्ध गराइएकोमा नेपाली बजारमा समेत उपलब्ध भएको हो । यसका लागि नयाँ इन्जिन, नयाँ स्टाइलिङ र नयाँ फिचर थप गरिएको छ ।
दुवै मोटरसाइकलमा बीएस६ मापदण्डयुक्त २८६ सीसी लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ८५०० आरपीएममा २७.३२ पीएस पावर र ६५०० आरपीएममा २६.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा असिस्टेड स्लिपर क्लचसहितको ६–स्पिड गियरबक्स छ । ३००एलमा ८ लिटर र -यालीमा १२.८ लिटरको इन्धन ट्यांकी प्रयोग गरिएको छ । मोटरसाइकलमा ड्युअल च्यानल एबीएसको प्रयोग गरिएको छ ।
सीआरएफ ३०० एलको ग्राउन्ड क्लियरेन्स २८५ एमएम र -यालीको ग्राउन्ड क्लियरेन्स २७७ एमएम छ । दुवै मोटरसाइकल रेड कलरमा उपलब्ध छन् ।

सीआरएफ ३०० एलको डिजाइन चाहिं सीआरएफ ४५०आर मोटोक्रस बाइकबाट प्रभावित छ । यसको अघिल्लो भागमा हेलोजन इन्डिकेटर सहितको स्ट्यान्डर्ड हेलोजन हेडल्याम्प छ भने हाई–माउन्टेड एक्जस्ट, ठूलो मडगार्ड र मोटोक्रस स्टाइलको सिट छ । त्यसैगरी स्पोर्ट्स पोलिस गरिएको ब्ल्याक रिम छ ।
होन्डा सीआरएफ ३००एल -याली स्पोर्ट्स भने -याली बाइक स्टाइलको छ । यसमा टल विन्डस्क्रिन, एक्स्ट्रा कभरेज फेयरिङ, -याप अराउन्ड स्किड प्लेट र फ्ल्यापी ह्यान्डगार्ड आदि सुविधा छ । यसको ओभरल डिजाइन डकार -यालीमा प्रयोग गरिने रेस बाइकमा आधारित छ ।
काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...
काठमाडौं – लकडाउन पश्चात उपलब्ध गराएको नयाँ खाले स्किम ‘१ रुपैयाँमा...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...